नेभिगेशन
समाज

राजसंस्था पुनर्स्थापनाका लागि गरिने आन्दोलनको कमान्डर दुर्गा प्रसाईँ

काठमाडौँ । राजावादीहरुले राजसंस्था पुनर्स्थापनाकाका लागि गठित संयुक्त जनआन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई बनाएका छन् । 

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रसाईंलाई कमाण्डर बनाइएको जानकारी दिएका हुन् । 

१५ गते अर्थात भोलि राजावादीहरुले काठमाडौँको तिनकुनेमा प्रदर्शन गर्दैछन् । यसकोे नेतृत्व पनि प्रसाईँले नै गर्दैैछन् । भोलि नै समाजवादी मोर्चाले पनि काठमाडौँमा आन्दोलन गर्दै छन् ।

समाजवादी मोर्चाले भृकुटीमण्डपमा आन्दोलन गर्ने जनाएका छन् । 

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापनाका लागि निरन्तर आन्दोलन गर्ने जनाएको छ ।

समितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि निरन्तर आन्दोलन गर्ने जनाएको हो । 

चैत्र १५ गते काठमाडौंमा प्रदर्शन गरेपछि चैत्र १७ गतदेखि आन्दोलनका थप कार्यक्रमलाई अघि बढाइने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए । 

उनले २०४७ को संविधानलाई आधार मानेर ७२ को संविधानका सकारात्मक प्रावधानलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमतिको बाटो बनोस भन्ने चाहना रहेको जिकिर गरे । यसबाट संविधान र व्यवस्था दुवैमा संरचनागत पुनरावलोकन गर्न सकिने उनको भनाइ छ । संयोजक सुवेदीले हिजो गणतन्त्र खोजेका जनताले अहिले पुन राजसंस्था खोजेको उल्लेख गर्दै राजनीतिभन्दा माथिको अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था आवश्यक रहेको धारणा राखे । 

सुवेदीले पछिल्लो चरणमा धेरै पक्षबाट सवैलाई एकतावद्ध गरेर अघि बढ्न आफुलाई आग्रह भएपछि ८७ बर्षको उमेरमा पनि सवैलाई संयोजन गर्ने जिम्मेवारी बहन गर्ने निर्णय लिएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...
आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच बिहीबार यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका डा भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई...
मेयर बालेन विरुद्ध साइबर ब्युरोमा उजुरी

मेयर बालेन विरुद्ध साइबर ब्युरोमा उजुरी

नेकपा एमाले निकट युवा संघले मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको हो । मेयर शाहले कात्तिक १६ गते राति लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा...
रवि लामिछानेको मुद्दामा जिल्लाबाट फाइल झिकाउन आदेश

रवि लामिछानेको मुद्दामा जिल्लाबाट फाइल झिकाउन आदेश

आज उच्च अदालत बुटवल इजलासले उक्त आदेश गरेको हो । लामिछाने र जोशीको मुद्दामा न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासमा सुनुवाई भएको थियो ।

भर्खरै