नेभिगेशन
समाज

राजसंस्था पुनर्स्थापनाका लागि गरिने आन्दोलनको कमान्डर दुर्गा प्रसाईँ

काठमाडौँ । राजावादीहरुले राजसंस्था पुनर्स्थापनाकाका लागि गठित संयुक्त जनआन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई बनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रसाईंलाई कमाण्डर बनाइएको जानकारी दिएका हुन् । 

Ncell
Extreme Energy

१५ गते अर्थात भोलि राजावादीहरुले काठमाडौँको तिनकुनेमा प्रदर्शन गर्दैछन् । यसकोे नेतृत्व पनि प्रसाईँले नै गर्दैैछन् । भोलि नै समाजवादी मोर्चाले पनि काठमाडौँमा आन्दोलन गर्दै छन् ।

समाजवादी मोर्चाले भृकुटीमण्डपमा आन्दोलन गर्ने जनाएका छन् । 

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापनाका लागि निरन्तर आन्दोलन गर्ने जनाएको छ ।

समितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि निरन्तर आन्दोलन गर्ने जनाएको हो । 

चैत्र १५ गते काठमाडौंमा प्रदर्शन गरेपछि चैत्र १७ गतदेखि आन्दोलनका थप कार्यक्रमलाई अघि बढाइने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए । 

उनले २०४७ को संविधानलाई आधार मानेर ७२ को संविधानका सकारात्मक प्रावधानलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमतिको बाटो बनोस भन्ने चाहना रहेको जिकिर गरे । यसबाट संविधान र व्यवस्था दुवैमा संरचनागत पुनरावलोकन गर्न सकिने उनको भनाइ छ । संयोजक सुवेदीले हिजो गणतन्त्र खोजेका जनताले अहिले पुन राजसंस्था खोजेको उल्लेख गर्दै राजनीतिभन्दा माथिको अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था आवश्यक रहेको धारणा राखे । 

सुवेदीले पछिल्लो चरणमा धेरै पक्षबाट सवैलाई एकतावद्ध गरेर अघि बढ्न आफुलाई आग्रह भएपछि ८७ बर्षको उमेरमा पनि सवैलाई संयोजन गर्ने जिम्मेवारी बहन गर्ने निर्णय लिएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

छ महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ। विद्युत् तथा ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव...