नेभिगेशन
समाज
गणतन्त्रवादी र राजावादीको प्रदर्शन

काठमाडौँमा गणतन्त्रवादी र राजावादीको प्रदर्शनः कसका कति मान्छे आउँदै छन् ?

काठमाडौं । काठमाडौं उपत्यकामा आज गणतन्त्रवादी र राजावादीहरुले  एकै समयमा अलग अलग स्थानमा प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा) को नेतृत्वमाा गणतन्त्रवादीहरुले प्रदर्शनीमा मार्गमा शक्ति प्रदर्शन गर्दै छन् । पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा दुर्गा प्रसाईको कमाण्डमा राजावादीहरुले तिनकुनेमा शक्ति प्रदर्शन गर्दै छन् । 

Ncell
Extreme Energy

दुवै पक्षको शक्ति प्रदर्शनमा कति मानिस आउँदैछन् ?
गणतन्त्रवादी र राजावादीहरु दुवै पक्षले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट काठमाडौँमा मान्छे उतारेका छन् । भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न भन्दै समाजवादी मोर्चाले डेढ लाख बढी मानिस उतार्ने तयारी गरेको माओवादी केन्द्रका एक नेताले बताए ।

त्यसका लागि जनवर्गाीय संगठन तथा जिल्ला,  प्रदेश कमिटिहरुलाई पनि ३ हजार देखि १० हजार मानिस प्रदर्शनमा ल्याउन निर्देशन भएको थियो । मोर्चाको सबै दलका समर्थकहरु उपस्थित हुँदा संख्या ठुलो हुने आशामा नेताहरु देखिएका छन् । 

यता संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गर्न लागिएको राजावादीहरुको प्रदर्शनमा पनि १ लाख बढी मानिस सहभागी हुने अनुमान गरिएको राजावादी प्रदर्शनमा सक्रिय एक नेताले बताए । फागुन २५ गते पूर्वराजालाई विमानस्थलमा स्वागत गर्न आएको संख्यामा दोब्बर बनाउने प्रयास भइरहेका उनीहरुले बताए । 

समाजवादी मोर्चाले  प्रदर्शन गर्न लागेको जनाएको छ । यसैगरी राजावादीहरुले  प्रदर्शन गर्न लागिएको जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...