नेभिगेशन
समाज
गणतन्त्रवादी र राजावादीको प्रदर्शनः

काठमाडौँमा गणतन्त्रवादी र राजावादीको प्रदर्शनः कस्तो छ सुरक्षा प्रबन्ध ?

काठमाडौं । काठमाडौँ उपत्यकामा आज गणतन्त्रवादी र राजावादीहरुको प्रदर्शनमा अप्रिय घटना रोक्न ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले स्रोतका अनुसार पहिलो चरणमा ४ हजार बढी सुरक्षाकर्मी सडकमा खटिएका छन् भने ठुलो संख्यामा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)हरु पनि परिचालन भएका छन् । 

Ncell
Extreme Energy

काठमाडौँ उपत्यका प्रहरी रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङका अनुसार २,५०० प्रहरी  खटिएका छन् । साथै थप प्रहरी जुनसुकै बेला पनि निस्किन तयारी अवस्थामा रहेका छन् । यस्तै साधा पोशाकमा पनि १ हजार बढी प्रहरी खटिएको सुरक्षा स्रोतले जनाएको छ । 

यस्तै करिब २ हजार सशस्त्र प्रहरी खटिएका छन् । १७ सय ५० सशस्त्र प्रहरी अहिलेनै परिचालन भइसकेका छन् भने थप बल तयारी अवस्थामा रहेको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार सुरुमा ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन भएका छन् भने थप प्लाटुन पनि तयारी अवस्थामा रहेन छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...