नेभिगेशन
समाज

गणतन्त्रवादीको प्रदर्शन सुरू

काठमाडौँ । गणतन्त्रको पक्षमा समाजवादीमा आबद्ध ४ दलले काठमाडौंका विभिन्न स्थान ठाउँबाट जुलुस निकाल्न सुरु भएको छ ।  सभा हुने स्थलतर्फ जाने क्रममा मोर्चामा आबद्ध दलका नेता कार्यकर्ताले प्रदर्शन शुरू गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेपाल समाजवादी पार्टीले काठमाडौं विभिन्न वटा स्थानबाट जुलुस निकालिरहेका छन् । 

Ncell
Extreme Energy

सबैतिरबाट निस्किएका जुलुस प्रदर्शनीमार्गमा पुगेपछि सभामा परिणत हुने छन् ।  माओवादी केन्द्रले कुपण्डोल, बबरमहल, त्रिपुरेश्वर, सोर्‍हखुट्टेबाट जुलुस निकाल्दै छ ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले डिल्लीबजार र मैतीदेवीबाट जुलुस निकाल्दैछ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट महिन्द्रराय यादवको नेसपाले न्युरोड गेटबाट जुलुस निकाल्दैछ ।

प्रदर्शनीमार्गमा नजिक हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, समाजवादी अध्यक्ष नेपाल, नेकपाका महासचिव विप्लव र नेसपाका अध्यक्ष यादवले सम्बोधन गर्दैछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...