नेभिगेशन
समाज

राजावादीलाई मण्डलेको संज्ञा दिँदै प्रचण्डले भने, ‘देशभरि आतंक फैलियोस् भन्ने चाहेका छन् मण्डलेहरुले’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरुलाई मण्डलेको संज्ञा दिएका छन्। शुक्रबार समाजवादी मोर्चाको प्रदर्शनलाई सम्बोधन गर्दै उनले तिनकुनेमा ‘मण्डले’हरुले तीनकुने रणमैदान बनाएको जानकारी गराएका हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीनकुने मण्डले अराजकताको, सबै प्रतिगामी निरंकुशतावादीहरुको प्रतिक जस्तो बनेको बताउँदै उनले भने, ‘१२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा हाले पनि बाङ्गोको बाङ्गै भनेजस्तै त्यहाँको सभा मण्डले अराजकताको पराकाष्टा भएको छ । तीनकुने अहिले मण्डले अराजकताको, सबै प्रतिगामी निरंकुशतावादीहरुको प्रतिक जस्तो बनेर देखिएको छ । त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरुले । त्यहाँ पुलिसमाथि ढुंगा प्रहार गरेका छन् मण्डलेहरुले । उनीहरुले चाहेका छन् केही १÷२ जना मान्छेहरु मरुन र देशभरि आतंक फैलियोस् भन्ने चाहेका छन्, त्यो राजावादीहरुको चरित्र हो ।’
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।