नेभिगेशन
समाज

राजावादीलाई मण्डलेको संज्ञा दिँदै प्रचण्डले भने, ‘देशभरि आतंक फैलियोस् भन्ने चाहेका छन् मण्डलेहरुले’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरुलाई मण्डलेको संज्ञा दिएका छन्। शुक्रबार समाजवादी मोर्चाको प्रदर्शनलाई सम्बोधन गर्दै उनले तिनकुनेमा ‘मण्डले’हरुले तीनकुने रणमैदान बनाएको जानकारी गराएका हुन्। 

तीनकुने मण्डले अराजकताको, सबै प्रतिगामी निरंकुशतावादीहरुको प्रतिक जस्तो बनेको बताउँदै उनले भने, ‘१२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा हाले पनि बाङ्गोको बाङ्गै भनेजस्तै त्यहाँको सभा मण्डले अराजकताको पराकाष्टा भएको छ । तीनकुने अहिले मण्डले अराजकताको, सबै प्रतिगामी निरंकुशतावादीहरुको प्रतिक जस्तो बनेर देखिएको छ । त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरुले । त्यहाँ पुलिसमाथि ढुंगा प्रहार गरेका छन् मण्डलेहरुले । उनीहरुले चाहेका छन् केही १÷२ जना मान्छेहरु मरुन र देशभरि आतंक फैलियोस् भन्ने चाहेका छन्, त्यो राजावादीहरुको चरित्र हो ।’
 

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...