नेभिगेशन
सबै कुरा

पूर्वसचिव उपाध्यायकाे घमण्ड – महिलाले मासु खाएको तस्बिर पोस्ट गर्नु नै गलत

बिहबार पूर्वसचिव भीम उपाध्यायविरुद्ध चितवन प्रहरी कार्यालयमा उजुरी पर्यो । उनीविरुद्ध चितवन भरतपुरकी पूर्णमाया गुरुङले सामाजिक सञ्जालमार्फत चरित्रहत्या तथा मान हानी गरेको भन्दै उजुरी गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपध्यायले केहीदिन अघि एक महिलाले मासु खाईरहेको फोटोलाई ‘गोरु खाने धराने’ भनेर पोस्ट गरेका थिए । तर उक्त फोटो उपाध्यायको क्याप्सनसँग सम्बन्धित थिएन । उपाध्यायको पोस्टपछि ति महिलाले समाजिक सञ्जालमा अश्लिल र तुच्छ गालीको सामना गर्नुपरेको थियो । उनले सो पोस्टका कारण सामाजिक तथा मानसिक यातना भोग्नुपरेको भन्दै उपाध्यायलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेकी थिइन् । 

Ncell
Extreme Energy

चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार उपध्यायविरुद्ध बिहिबार उजुरी परेको थियो । ‘अहिले त्यस सम्बन्धमा अनुसन्धान भईरहेको छ ।’

यता उपाध्यायले भने आफूले पोस्ट हटाईसकेको र माफी समेत मागिसकेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘भरतपुरकी पूर्णमाया गुरुङसँग मैले विनम्र तरिकाले फोनमा कुरा गरेर माफी गागिसकेपछि, पोस्ट हटाइसकेपछि, फेसबुक स्टाटस लेखेर गलतफहमी हुन पुगेछ ।’

उनले उक्त फोटो पोस्ट गर्नु आफ्नो सानो भूल भएको बताएका छन् । साथै उनले पूर्णमायाले पनि हेर्न नसकिने फोटो राखेर, टिकटक बनाएर  भूल गरेको अभिव्यक्ति दिएका छन् । ‘मबाट भएको सानो भुल हो, दुखः व्यक्त गरिसकेको छु । भुल उहाँबाट पनि भएको हो–उहाँ आफैँले नै त्यो नराम्रो, हेर्न पनि नसकिने खालकाे सन्देश दिने दृश्यको फोटो र त्यसलाई टिकटक बनाएर प्रकाशित गर्नु ।’ उनले लेखेका छन् । 


पुर्णमायाले पोस्ट गरेको तस्बिर दुई वर्षअगाडि आफन्तको भोजमा सहभागी हुँदा तनहुँमा लिइएको थियो । उपाध्याले भनेजस्तो गोरुको थिएन । तर उपाध्याले ति महिलाले तस्बिर पोस्ट गर्नु नै गलत भएको बताएका छन् । 

कुरै नबुझी समाजिक सञ्जालमा चर्चा कमाउनकै लागि अर्काको तस्बिर पोस्ट गर्ने अनी उल्टै महिलालाई गलत देखाउने उपाध्यायको अभिव्यक्तिले गल्ती स्वीकार गरेजस्तो गर्ने तर आफू चोखिने प्रवृत्ति देखाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनी सुधार गरिँदै

सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनी सुधार गरिँदै

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले विभिन्न समयमा उठाउनुभएका प्रश्नको आज सदनमा जवाफ दिदै सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी तथा उत्पीडनका घटना बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम...
संवैधानिक निकायका पदाधिकारीले दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गरिँदै

संवैधानिक निकायका पदाधिकारीले दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गरिँदै

“दोहोरो सेवा सुविधा कसैले पनि नलियोस भन्ने उद्देश्यले नै यो विधेयक  ल्याएका हौँ” उनले भनिन्, “सर्वोच्च अदालतले पनि संवैधानिक निकायका पदाधिकारीहरुको दोहोरो सुविधा र पारिश्रमिकको विषयमा आवश्यक कानुन...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...