नेभिगेशन
सबै कुरा

पूर्वसचिव उपाध्यायकाे घमण्ड – महिलाले मासु खाएको तस्बिर पोस्ट गर्नु नै गलत

बिहबार पूर्वसचिव भीम उपाध्यायविरुद्ध चितवन प्रहरी कार्यालयमा उजुरी पर्यो । उनीविरुद्ध चितवन भरतपुरकी पूर्णमाया गुरुङले सामाजिक सञ्जालमार्फत चरित्रहत्या तथा मान हानी गरेको भन्दै उजुरी गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपध्यायले केहीदिन अघि एक महिलाले मासु खाईरहेको फोटोलाई ‘गोरु खाने धराने’ भनेर पोस्ट गरेका थिए । तर उक्त फोटो उपाध्यायको क्याप्सनसँग सम्बन्धित थिएन । उपाध्यायको पोस्टपछि ति महिलाले समाजिक सञ्जालमा अश्लिल र तुच्छ गालीको सामना गर्नुपरेको थियो । उनले सो पोस्टका कारण सामाजिक तथा मानसिक यातना भोग्नुपरेको भन्दै उपाध्यायलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेकी थिइन् । 

Ncell
Extreme Energy

चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार उपध्यायविरुद्ध बिहिबार उजुरी परेको थियो । ‘अहिले त्यस सम्बन्धमा अनुसन्धान भईरहेको छ ।’

यता उपाध्यायले भने आफूले पोस्ट हटाईसकेको र माफी समेत मागिसकेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘भरतपुरकी पूर्णमाया गुरुङसँग मैले विनम्र तरिकाले फोनमा कुरा गरेर माफी गागिसकेपछि, पोस्ट हटाइसकेपछि, फेसबुक स्टाटस लेखेर गलतफहमी हुन पुगेछ ।’

उनले उक्त फोटो पोस्ट गर्नु आफ्नो सानो भूल भएको बताएका छन् । साथै उनले पूर्णमायाले पनि हेर्न नसकिने फोटो राखेर, टिकटक बनाएर  भूल गरेको अभिव्यक्ति दिएका छन् । ‘मबाट भएको सानो भुल हो, दुखः व्यक्त गरिसकेको छु । भुल उहाँबाट पनि भएको हो–उहाँ आफैँले नै त्यो नराम्रो, हेर्न पनि नसकिने खालकाे सन्देश दिने दृश्यको फोटो र त्यसलाई टिकटक बनाएर प्रकाशित गर्नु ।’ उनले लेखेका छन् । 


पुर्णमायाले पोस्ट गरेको तस्बिर दुई वर्षअगाडि आफन्तको भोजमा सहभागी हुँदा तनहुँमा लिइएको थियो । उपाध्याले भनेजस्तो गोरुको थिएन । तर उपाध्याले ति महिलाले तस्बिर पोस्ट गर्नु नै गलत भएको बताएका छन् । 

कुरै नबुझी समाजिक सञ्जालमा चर्चा कमाउनकै लागि अर्काको तस्बिर पोस्ट गर्ने अनी उल्टै महिलालाई गलत देखाउने उपाध्यायको अभिव्यक्तिले गल्ती स्वीकार गरेजस्तो गर्ने तर आफू चोखिने प्रवृत्ति देखाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...
सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा आज अविधक्ताद्वय डा प्रेमराज सिलवाल र मनिराम उपाध्यायले दायर गरेको रिट निवेदनमा सांसदहरूले निजी स्वीकयसचिव राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत हुने मात्र नभई यो संविधानको भावना...
विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतले यस वर्ष गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी पाँच थान, निर्णयगत अनियमितता १०४  थान, नक्कली प्रमाणपत्र १२ थान, घुस (रिसवत) ३२ थान, सम्पत्ति शुद्धीकरणसम्बन्धी एक थान मुद्दा फछर्योट गरेको...
भुटानी शरणार्थी प्रकरणः १५ जना दोषी, के–कति सजाय पाए ?

भुटानी शरणार्थी प्रकरणः १५ जना दोषी, के–कति सजाय पाए ?

४ वर्ष कैद सजाय र ४० हजार जरिवाना तोकिएकाहरु केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङ्टेवा शेर्पा, टेकनारायण पाण्डे छन् ।

भर्खरै