नेभिगेशन
समाज

पशुपति गौशाला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने सर्वोच्चको ठहर

काठमाडौँ । सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गर्दै धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गरेको छ । यससँगै पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषमै रहने कानुनी आधार थप बलियो भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले मारवाडी सेवा समितिले दायर गरेको मुद्दा दोहोर्‍याएर हेरिपाऊँ भन्ने निवेदनमा अनुमति नदिने आदेश जारी गरेको हो ।

Marvel
Extreme Energy

सर्वोच्चले उच्च अदालत पाटनको २०८३ वैशाख २१ गतेको फैसलामा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याएर हेर्नुपर्ने अवस्था नदेखिएको भन्दै अनुमति दिन अस्वीकार गरेको छ ।

विवाद साविक पशुपति वडा नं. २ स्थित कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गासँग सम्बन्धित छ । उक्त जग्गामा मारवाडी सेवा समितिको मोही हक नरहेको ठहर जिल्ला अदालत काठमाडौँले गरेको थियो । उच्च अदालत पाटनले उक्त फैसला सदर गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले २०८१ असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशालाको जग्गामा समितिको मोही हक स्थापित नहुने उल्लेख छ ।

फैसलामा साविकदेखि पशुपति गौशाला धर्मशाला नामको कुनै संस्था अस्तित्वमा रहेको नदेखिएको र मारवाडी सेवा समितिले २०६० जेठ १२ गते पशुपति अमालकोट कचहरीसँग सम्झौता गर्दा उक्त तथ्य स्वीकार गरेको उल्लेख गरिएको छ ।

जिल्ला अदालतको फैसला उच्च अदालतबाट सदर भएपछि मारवाडी सेवा समितिले २०८१ मङ्सिर २१ गते पशुपति क्षेत्र विकास कोष, कोषका तत्कालीन सदस्य–सचिव डा मिलनकुमार थापासहित १२ जनालाई विपक्षी बनाएर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतबाट पशुपति गौशाला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नरहेको ठहर कायम भएको छ । यसले धर्मशालाको व्यवस्थापन र सञ्चालन कोषको मातहतमा ल्याउने बाटो स्पष्ट गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा २ पूर्वमन्त्री र ४ कर्मचारी पक्राउ

ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा २ पूर्वमन्त्री र ४ कर्मचारी पक्राउ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विकास गनाभाट समेतको जाहेरीका आधारमा वादी नेपाल सरकार प्रतिवादी कैलाश खड्का समेत भएको ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको मुद्दामा...
जलवायु सङ्कटले हिमाली क्षेत्रको अस्तित्वमै चुनौती थपेको छ : मन्त्री चौधरी

जलवायु सङ्कटले हिमाली क्षेत्रको अस्तित्वमै चुनौती थपेको छ : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका सङ्कटले नेपालसहित विश्वका पर्वतीय समुदायको जीवन र जीविकोपार्जनमा गम्भीर असर पारिरहेको बताएकी छन्।
एमालेमा पार्टी शुद्धीकरणको बहस : नेता–कार्यकर्ताको यौन आचरणमाथि पनि छानबिन गर्नुपर्ने प्रस्ताव

एमालेमा पार्टी शुद्धीकरणको बहस : नेता–कार्यकर्ताको यौन आचरणमाथि पनि छानबिन गर्नुपर्ने प्रस्ताव

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका नेता तथा कार्यकर्ताको जीवनशैली र नैतिक आचरणमा गम्भीर विचलन देखिन थालेको भन्दै पार्टी शुद्धीकरण अभियान चलाउनुपर्ने प्रस्ताव गरेका छन्।
एमालेले पेस  गर्‍यो आफ्ना पालाका उपलब्धि : गरिबी घटेकोदेखि विद्युत् उत्पादन ४ हजार मेगावाट नाघेको दाबी

एमालेले पेस गर्‍यो आफ्ना पालाका उपलब्धि : गरिबी घटेकोदेखि विद्युत् उत्पादन ४ हजार मेगावाट नाघेको दाबी

नेकपा एमालेले आफू नेतृत्वमा रहेका र सरकारमा सहभागी भएका अवधिमा देशमा आर्थिक–सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सुशासनका क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरेको छ।

भर्खरै