नेभिगेशन
समाज

एमालेमा पार्टी शुद्धीकरणको बहस : नेता–कार्यकर्ताको यौन आचरणमाथि पनि छानबिन गर्नुपर्ने प्रस्ताव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका नेता तथा कार्यकर्ताको जीवनशैली र नैतिक आचरणमा गम्भीर विचलन देखिन थालेको भन्दै पार्टी शुद्धीकरण अभियान चलाउनुपर्ने प्रस्ताव गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी शुद्धीकरणको आवश्यकता र औचित्यबारे प्रस्तुत अवधारणामा पोखरेलले पछिल्लो समय एमालेका केही नेता–कार्यकर्ताको आर्थिक जीवन भड्किलो हुँदै गएको र नैतिक आचरणमाथि प्रश्न उठ्ने गरेको उल्लेख गरेका छन्।

Marvel
Extreme Energy

उनले आर्थिक अपराध, अनियमितता तथा यौनजन्य गतिविधिसँग जोडिएका घटना र आरोप सार्वजनिक हुन थाले पनि तिनको संस्थागत छानबिन र तथ्यपूर्ण प्रतिवाद पर्याप्त रूपमा हुन नसकेको बताएका छन्।

‘आरोप सत्य वा असत्य जे भए पनि निष्पक्ष छानबिन, तथ्यमा आधारित निर्णय र आवश्यकताअनुसार कारबाहीको प्रक्रिया स्थापित हुनुपर्छ,’ पोखरेलको प्रस्तावमा भनिएको छ।

यस्ता विषयमा पार्टी मौन बस्ने वा छानबिनमा ढिलाइ गर्ने गर्दा जनस्तरमा नकारात्मक प्रभाव पर्ने उनको निष्कर्ष छ। पार्टीका कमिटीहरूले यस्ता विषयलाई गम्भीरतापूर्वक लिएर समयमै छानबिन गर्ने संस्थागत परिपाटी बसाउनुपर्ने उनले बताएका छन्।

पोखरेलले एमाले झापा विद्रोहको जगमा पुनर्गठित हुँदै तीव्र दमन र उत्पीडनका बीच फलामे अनुशासन, जनप्रिय जीवनशैली, नैतिक सदाचार र सादगीका कारण नेपाली कम्युनिस्ट आन्दोलनको मूलप्रवाहका रूपमा स्थापित भएको उल्लेख गरेका छन्।

तर पछिल्लो समय पार्टी जीवनमा अनुशासन, जीवनशैली र आचरणका क्षेत्रमा विचलन देखिन थालेको भन्दै उनले यसप्रति कार्यकर्तापंक्तिमा चिन्ता र चासो बढेको बताएका छन्।

उनका अनुसार पार्टीप्रतिको जनविश्वास जोगाउन, संगठन सुदृढ बनाउन र कम्युनिस्ट आचरण व्यवहारमा स्थापित गर्न शुद्धीकरण अभियान आवश्यक छ। दशौँ महाधिवेशनपछि नै यस विषयलाई एजेन्डा बनाएर छलफल गरिएको भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरेका छन्।

पोखरेलले शुद्धीकरण अभियान कसैलाई निषेध गर्ने उद्देश्यले नभई पार्टीको आदर्श, अनुशासन, नैतिकता र जनविश्वास पुनःस्थापित गर्न केन्द्रित हुनुपर्ने बताएका छन्। एउटै प्रकृतिका घटनामा दोहोरो मापदण्ड अपनाउन नहुने उनको भनाइ छ।

उनले पार्टी शुद्धीकरणका लागि जनमुखी जीवनशैली र आचरण तथा नैतिक र चारित्रिक सदाचारलाई प्राथमिकतामा राखेका छन्।

नेता तथा कार्यकर्ताको जीवनशैली सरल, जनमुखी र श्रमको सम्मान गर्ने खालको हुनुपर्ने भन्दै उनले तडकभडक, अपमानजनक भाषा, शक्तिको दुरुपयोग र जनतासँग दूरी बढाउने व्यवहार निरुत्साहित गर्नुपर्ने प्रस्ताव गरेका छन्।

त्यस्तै, पार्टीका हरेक तहले जनसम्पर्क, श्रम, उत्पादन, सामाजिक सेवा र जनसमस्याको समाधानसँग जोडिने कार्ययोजना बनाउनुपर्ने तथा नेता–कार्यकर्ता जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्ने र समाधानमा सक्रिय हुने परिपाटी बसाउनुपर्ने उनले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेले पेस  गर्‍यो आफ्ना पालाका उपलब्धि : गरिबी घटेकोदेखि विद्युत् उत्पादन ४ हजार मेगावाट नाघेको दाबी

एमालेले पेस गर्‍यो आफ्ना पालाका उपलब्धि : गरिबी घटेकोदेखि विद्युत् उत्पादन ४ हजार मेगावाट नाघेको दाबी

नेकपा एमालेले आफू नेतृत्वमा रहेका र सरकारमा सहभागी भएका अवधिमा देशमा आर्थिक–सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सुशासनका क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरेको छ।
मुकुल ढकाल र निशा डाँगीको विवाह १० गते

मुकुल ढकाल र निशा डाँगीको विवाह १० गते

डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका उनीहरूको विवाह आगामी मंसिर १० गते हुने...
दानबहादुरको रिटमा सर्वोच्चले दिएको आदेशमा के छ ?

दानबहादुरको रिटमा सर्वोच्चले दिएको आदेशमा के छ ?

न्यायाधीश पौडेलले कारण देखाउसहित माग बमोजिमको आदेश गर्न पर्ने वा होइन भनेर छलफलका लागि मंसिर ७ गते दुवै पक्षलाई बोलाउने आदेश जारी गरे ।
विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा

विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा

बाल्यकाललाई वयस्क जीवनको तयारीका रूपमा मात्र बुझ्नु हुँदैन । बाल्यकाल आफैँमा पूर्ण, अर्थपूर्ण र अधिकारसम्पन्न जीवनको अवस्था हो । त्यसैले इसिइडीको सफलता बालबालिकाले कति अक्षर चिने, कति शब्द...