नेभिगेशन
समाज

मुकुल ढकाल र निशा डाँगीको विवाह १० गते

काठमाडौं । डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका उनीहरूको विवाह आगामी मंसिर १० गते हुने तय भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ढकालका अनुसार विराटनगर–३, दूधफारमस्थित उनको घरमा विवाहको तयारी सुरु भइसकेको छ। विवाहका लागि निमन्त्रणा कार्ड छपाउनेलगायतका काम भइरहेको उनले बताएका छन्।

Marvel
Extreme Energy

‘मंसिर १० मा हामी विवाह बन्धनमा बाँधिँदै छौँ,’ ढकालले सिधाकुरासँग भने।

मुकुल र निशाबीचको सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको थियो। ढकाल पार्टीका संस्थापक महामन्त्री हुन् । रास्वपाबाट कारबाहीमा परेपछि ढकाल राजनीतिमा सक्रिय छैन। अन्य सामाजिक मञ्चहरूमा उनको उपस्थिति देखिने गरेको छ। डाँगी पार्टीको सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य हुन्।

को हुन् मुकुल ढकाल ?

चिकित्सक पृष्ठभूमिका ढकाल रास्वपाको स्थापनाकालदेखि नै सभापति रवि लामिछानेका निकट सहयोगीका रूपमा राजनीतिमा सक्रिय भएका थिए। उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस र पोखरा विश्वविद्यालयबाट अस्पताल व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।

कोरोना महामारीका बेला लामिछानेसँग मिलेर कालिकोटको रास्कोटमा अस्पताल निर्माण तथा सञ्चालनको पहलमा उनी संलग्न भएका थिए। रास्वपा गठन भएपछि २०७९ सालमा उनी पार्टीको संस्थापक महामन्त्री तथा प्रवक्ता बनेका थिए। पार्टीको संगठन निर्माण र स्वास्थ्य नीतिसम्बन्धी काममा पनि उनको भूमिका थियो।

तर, पार्टीभित्रको विवादपछि उनको राजनीतिक यात्रा उतारचढावपूर्ण बन्यो। २०८१ सालमा इलाम उपनिर्वाचनपछि पार्टीको अवस्था र संगठनबारे समीक्षा गर्न ढकालको नेतृत्वमा टोलीले ३८ जिल्ला भ्रमण गरेको थियो। त्यसपछि तयार पारिएको प्रतिवेदनमा उनले पार्टीको कार्यशैली, संगठन सञ्चालन र सभापति लामिछानेको नेतृत्वमाथि प्रश्न उठाएका थिए।

प्रतिवेदन सार्वजनिक भएपछि पार्टी नेतृत्वसँग उनको विवाद बढ्यो। २०८१ असारमा उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइयो। त्यसपछि पार्टीको अनुशासन आयोगको सिफारिसमा साउनमा साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो। आफूलाई गरिएको कारबाहीविरुद्ध उनले निर्वाचन आयोग र अदालतमा कानुनी चुनौती दिएका थिए। तर, २०८२ साउनमा सर्वोच्च अदालतले महामन्त्रीमा कायम रहन माग गर्दै दायर गरेको उनको रिट खारेज गरेको थियो।

को हुन् निशा डाँगी ?

झापाको भद्रपुरमा जन्मिएकी निशा डाँगी पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन्। उनी करिब पाँच वर्ष पत्रकारितामा सक्रिय थिइन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी उनले सामाजिक कार्य विषयमा स्नातक अध्ययन गरेकी छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट समानुपातिक सांसद बनेकी डाँगी त्यतिबेला २५ वर्षको उमेरमा प्रतिनिधिसभा प्रवेश गरेकी थिइन्। संसद्मा युवा पुस्ताका मुद्दा उठाउँदै आएकी उनले रास्वपा संसदीय दलको सचेतकको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।

२०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी झापा–१ बाट प्रत्यक्ष निर्वाचित भइन्। निर्वाचनमा उनले ४५ हजार ६८० मत प्राप्त गरेकी थिइन्। उनी रास्वपाको केन्द्रीय नेतृत्वमा पनि छिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेमा पार्टी शुद्धीकरणको बहस : नेता–कार्यकर्ताको यौन आचरणमाथि पनि छानबिन गर्नुपर्ने प्रस्ताव

एमालेमा पार्टी शुद्धीकरणको बहस : नेता–कार्यकर्ताको यौन आचरणमाथि पनि छानबिन गर्नुपर्ने प्रस्ताव

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका नेता तथा कार्यकर्ताको जीवनशैली र नैतिक आचरणमा गम्भीर विचलन देखिन थालेको भन्दै पार्टी शुद्धीकरण अभियान चलाउनुपर्ने प्रस्ताव गरेका छन्।
एमालेले पेस  गर्‍यो आफ्ना पालाका उपलब्धि : गरिबी घटेकोदेखि विद्युत् उत्पादन ४ हजार मेगावाट नाघेको दाबी

एमालेले पेस गर्‍यो आफ्ना पालाका उपलब्धि : गरिबी घटेकोदेखि विद्युत् उत्पादन ४ हजार मेगावाट नाघेको दाबी

नेकपा एमालेले आफू नेतृत्वमा रहेका र सरकारमा सहभागी भएका अवधिमा देशमा आर्थिक–सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सुशासनका क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरेको छ।
दानबहादुरको रिटमा सर्वोच्चले दिएको आदेशमा के छ ?

दानबहादुरको रिटमा सर्वोच्चले दिएको आदेशमा के छ ?

न्यायाधीश पौडेलले कारण देखाउसहित माग बमोजिमको आदेश गर्न पर्ने वा होइन भनेर छलफलका लागि मंसिर ७ गते दुवै पक्षलाई बोलाउने आदेश जारी गरे ।
विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा

विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा

बाल्यकाललाई वयस्क जीवनको तयारीका रूपमा मात्र बुझ्नु हुँदैन । बाल्यकाल आफैँमा पूर्ण, अर्थपूर्ण र अधिकारसम्पन्न जीवनको अवस्था हो । त्यसैले इसिइडीको सफलता बालबालिकाले कति अक्षर चिने, कति शब्द...