नेभिगेशन
समाज

राजावादीको निशानामा एमाले पार्टी कार्यालय, प्रहरीको सुरक्षा

काठमाडौँ । शुक्रबार तीनकुनेमा विध्वंस मच्याएको राजावादीको समूहको निशानमा एमाले पार्टी कार्यालय परेको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको समूह एमाले पार्टी कार्यालय च्यासलतर्फ सोझिएको छ । 

पार्टी कार्यालय तोडफोड गर्ने त्रासमा एमालेले सुरक्षा संयन्त्र गुहारेपछि कार्यालय परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । कार्यालयको अगाडिपट्टि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ । 

राजावादीको समूहले शुक्रबार काठमाडौँमा विध्वंश मच्याएको छ । तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेको समूह र प्रहरीबिच झडप भएपछि उनीहरु काठमाडौँका विभिन्न सार्वजनिक एवं नीजि संरचना तोडफोडमा उत्रिएका छन् । 

अवस्था नियन्त्रणबाहिर गएपछि प्रहरीले काठमाडौँका सो क्षेत्रमा कर्फ्यु लगाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...
जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत श्री खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं...

भर्खरै