नेभिगेशन
समाज

तीनकुनेमा यो हदको घटना हुन्छ भनेर अनुमान नै गरिएको थिएनः गृह मन्त्रालय

काठमाडौँ । तीनकुनेमा शुक्रबार भएको घटना अनुमानविपरित भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरेर राजावादीहरु त्यो हद पार गर्लान भनेर आँकलन नगरिएको जनाएको छ । 

त्यस्तै तिनकुनेको प्रदर्शनमा उत्रिएर सार्वजनिक र नीजि सम्पत्ति तोडफोड गर्ने जो कोहीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी छ । मन्त्रालयले सो हर्कत गर्नेलाई विभिन्न प्रविधि प्रयोग गरेर खोजिरहेको र जुनसुकै हालतमा कारबाहीको दायरामा ल्याउने बताएको छ । 

त्यस्तै तीनकुने क्षेत्रमा भएका सबै घटनाको जिम्मेवार रहेको गृह मन्त्रालयको निष्कर्ष छ । दुर्गा प्रसाईँले सुरक्षाकर्मी नै मार्ने नियतले गाडि अगाडि बढाएपछि सो घटना सुरु भएको मन्त्रालयको ठहर छ । 
शुक्रबार भएको घटनामा १ जनाको मृत्यु भएका छ । मृत्यु हुनेमा किर्तिपुर बस्ने सविन महर्जन रहेका छन् । 

त्यस्तै आज भएको घटनामा १५ जना प्रहरी र १५ जना प्रदर्शनकारी घाइते भएको गृह मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...
जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत श्री खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं...

भर्खरै