नेभिगेशन
मुख्य समाचार

तीनकुने घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले तीनकुने घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाही गर्ने निर्णय गरेको छ । त्यसका लागि सरकारले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेकाे हो । 

‘आज घटेको उक्त घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ’, सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने । 

त्यस्तै सरकारले राजतन्त्रवादीको अराजक प्रदर्शनका क्रममा मृत्यु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । तीनकुने घटनामा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने पनि निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए । 
शुक्रबार दिउँसो राजावादीहरुले गरेको प्रदर्शनमा २ जनाले ज्यान गुमाएका छन् भने प्रहरी र प्रदर्शनकारी सहित ३० जना घाइते भएका छन् । असामान्य घटना भएपछि प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...
आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच बिहीबार यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका डा भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई...

भर्खरै