नेभिगेशन
समाज

तीनकुने घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले तीनकुने घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाही गर्ने निर्णय गरेको छ । त्यसका लागि सरकारले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेकाे हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘आज घटेको उक्त घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ’, सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने । 

Ncell
Extreme Energy

त्यस्तै सरकारले राजतन्त्रवादीको अराजक प्रदर्शनका क्रममा मृत्यु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । तीनकुने घटनामा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने पनि निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए । 
शुक्रबार दिउँसो राजावादीहरुले गरेको प्रदर्शनमा २ जनाले ज्यान गुमाएका छन् भने प्रहरी र प्रदर्शनकारी सहित ३० जना घाइते भएका छन् । असामान्य घटना भएपछि प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...
बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

गृहमन्त्री सुदन गुरुङले अन्तरदेशीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहलमा जोड दिएका छन्। उनले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त...
प्रधानसेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए

प्रधानसेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए

प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन्।