नेभिगेशन
समाज

राजावादी प्रदर्शन उग्र हुँदा २ जनाले ज्यान गुमाए, ११० घाइते, १४ ठाउँमा आगजनी

काठमाडौँ । राजसंस्था पुर्नस्थापनाको माग गर्दै शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनीका घटना भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं प्रहरीका अनुसार एक पत्रकार र एक प्रदर्शनकारीले ज्यान गुमाएका छन्। घाइते अवस्थामा शिक्षण अस्पताल पुुर्याइएका काठमाडौंको कीर्तिपुर नगरपालिका ४ बस्ने २९ वर्षका सबिन महर्जनलाई चिकित्सकले मृत घोषण गरेका थिए भने एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजक तीनकुनेस्थित मार्वल हाउसमा जलेको अवस्थामा मृत फेला परेका थिए । 

Ncell
Extreme Energy

प्रदर्शनका क्रममा ५३ नेपाल प्रहरी र २२ सशस्त्र प्रहरी पनि घाइते छन्। उता प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको प्रहरीले उल्लेख गरेको छ। 

१५ सवारीमा क्षति, १४ ठाउँमा आगजनी 
उक्त प्रदर्शन उग्र बनेसँगै प्रदर्शनकारीले १५ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरेको प्रहरीले उल्लेख गरेको छ। 

काठमाडौं प्रहरीका अनुसार ९ वटा सरकारी गाडी, सरकारी र निजी नखुलेका ६ वटा गरी जम्मा १५ सवारीसाधनमा क्षति भएको छ। प्रदर्शनकै क्रममा तोडफोड र आगजनीका घटना समेत भएका छन्। 

१४ वटा आगजनीका घटना हुँदा ९ वटा संस्था तथा कार्यालयमा तोडफोड भएको प्रहरीले जनाएको छ। यसबाहेक एउटामा भने तोडफोडसँगै लुटपाट भएको छ। 

प्रहरीका अनुसार तीनकुने अन्नपूर्ण कम्प्लेक्स, मार्वल हाउस तीनकुने, कोटेश्वर महादेवस्थान, कार्गोको कम्पाउन्ड, कोटेश्वर चोक, भाटभटेनीनजिकैको सरकारी गाडी, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, समाजवादी पार्टीको कार्यालय, बालकुमारीबाट काठमाडौं आउने करिडोर बाटो, बानेश्वर पुलपारिपट्टि, एयरपोर्टको फोहोरा, इन्द्रेणी सहकारीको कार्यालय भवन सिनामंगल, रोयल रेस्टुराँ सिनामंगल र एरोम्याक्सको कार्यालय रहेको भवन सिनामंगलमा आगजनी भएको हो। 

त्यसैगरी तोडफोड भएका संस्था तथा कार्यालयहरुमा अन्नपूर्ण मिडिया नेटवर्क तीनकुने, कान्तिपुर मिडिया हाउस बानेश्वर, केएमसी अस्पताल सिनामंगल, सिनामंगलकै डीआईएअगाडिको नयाँ भवन, सिनामंगलमा रहेका प्रहरीका दुई सीसीटीभी, प्रहरी बिट सिनामंगल भत्केको पुल, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाव कोटेश्वर र समाजवादी पार्टी कार्यालय बागमती करिडोर छन्। 

प्रदर्शनका क्रममा कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट समेत भएको छ। 

मानवीय क्षतिः
मृत्यु २ ९कीर्तिपुर ४, गाम्छा बस्ने वर्ष २९ को सविन महर्जन, कोटेश्वरस्थित प्रदर्शनको क्रममा घाइते भई शिक्षण अस्पताल महाराजगन्जमा १६स्०५ बजे मृत्यु घोषणा, सुरेश रजक तीनकुनेस्थित मार्बल हाउसमा मृत अवस्थामा फेला०

नेपाल प्रहरी घाइते ५३
सशस्त्र प्रहरी घाइते २२ 
प्रदर्शनकारीतर्फ घाइते ३५

सवारी साधन क्षति:
सरकारी सवारी साधन ९
सरकारीरनिजी नखुलेको सवारी ६
जम्मा १५

तोडफोड, आगजनी विवरण
आगजनीको संख्या १४ 
तोडफोड भएका संस्था एवं कार्यालय ९
तोडफोड तथा लुटपाट भएको संख्या १

आगजनी भएको स्थानः
१. तीनकुने अन्नपूर्ण कम्प्लेक्स,
२. मार्बल हाउस, तीनकुने
३. कोटेश्वर महादेवस्थान,
४. कार्गोको कम्पाउन्डभित्र,
५. कोटेश्वर गणेश चोक,
६. भाटभटेनीनजिक सरकारी गाडी,
७. जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र,
८. एकीकृत समाजवादी पार्टी कार्यालय,
९. बालकुमारीबाट काठमाडौंतर्फ करिडोर बाटो
१०. बानेश्वर पुल पारीपट्टि,
११. एयरपोर्टको फोहोरमा,
१२. इन्द्रेणी सहकारीको कार्यालय रहेको भवन, सिनामंगल
१३. रोयल रेस्टुरेन्ट, सिनामंगल
१४. एरोम्याक्सको कार्यालय रहेको भवन, सिनामंगल

तोडफोड भएका संस्था एवं कार्यालय
१.अन्नपूर्ण मिडिया हाउस, तीनकुने
२. कान्तिपुर मिडिया हाउस, बानेश्वर

३. केएमसी अस्पताल, सिनामंगल
४. सिनामंगलस्थित विमानस्थलअगाडि बन्दै रहेको नयाँ भवन
५. सिनामंगलमा रहेको नेपाल प्रहरीद्वारा जडित २ थान सीसीक्यामेरा
६. प्रहरी बिट, सिनामंगल, भत्केको पुल
७. प्रहरी प्रभाग, कोटेश्वर
८. ट्राफिक प्रहरी प्रभाग, कोटेश्वर
९. समाजवादी पार्टी कार्यालय, बागमती करिडोर

तोडफोड तथा लुटपाट भएको स्थान
१. कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिपी कोइराला क्यान्सर अस्पतालमा औषधि अभाव,  केमोथेरापी नै प्रभावित

बिपी कोइराला क्यान्सर अस्पतालमा औषधि अभाव, केमोथेरापी नै प्रभावित

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले कार्बोप्लाटिन र सिसप्लाटिन आफूहरुकहाँ नरहेको बताए । उनले यसबारेमा स्वास्थ्य मन्त्रालय जानकारी गराएको बताउँदै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई पनि पठाई...
समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त घोषित २०  सहकारीका १० हजार भन्दा कम बचत मागदाबी भएका साना बचतकर्ताहरुको बचत फिर्ताको कार्य चरणबद्ध रुपमा भईरहेको छ। तर हालसम्म चक्रिय...
बजेट लेखन अन्तिम चरणमा, १८ घण्टा बढी मन्त्रालयमा खटिएका छन् अर्थमन्त्री

बजेट लेखन अन्तिम चरणमा, १८ घण्टा बढी मन्त्रालयमा खटिएका छन् अर्थमन्त्री

सङ्घीय संसद्ले सांसदहरूले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त माथिको छलफलमा क्रममा दिएको सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थमन्त्रालयलाई उपलब्ध गराएको छ ।