नेभिगेशन
समाज

राजावादी प्रदर्शन प्रकरणमा १ सय १० जना पक्राउ,दुर्गा प्रसाईलाई प्रहरीले भेटाएन

काठमाडौँ । शुक्रबार भएको राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा १ सय १० जना पक्राउ परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


२ जनाको ज्यान जानेगरि भएको प्रदर्शनका क्रममा तीनकुने क्षेत्रमा आगजनी देखि तोडफोड मच्चिएको थियो । त्यसक्रममा एक जना पत्रकारसहित २ जनाले ज्यान गुमाए भने ११० घाइते भएका थिए । आन्दोलनकारीहरले १४ ठाउँमा आगजनी गरेका थिए ।

Ncell
Extreme Energy

 
सोहि घटनाको अनुुसन्धानका लागि १ सय १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै सिसिटभी फुटेज र संचारमाध्यमा आएको भिडियो हेरेर थप अनुसन्धान भैरहेकाले पक्राउ पर्नेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। 
आन्दोलनमा अराजकता देखाएको आरोपमा धर्मगुरु पुष्कर खतिवडा पनि पक्राउ परेका छन् ।

यस अघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, अधिवक्ता स्वागत नेपाल लगायत पक्राउ परिसकेका छन् । तर आन्दोलनका लागि पूर्वराजाले नै जनकमाण्डर तोकेका दुर्गा प्रसाई भने फरार भएका छन् । राजा फर्काउने आन्दोलनका संयोजक नवराज सुवेदी भने घरमै नजरबन्दमा छन् ।


प्रहरीको आतातायी शैलीमा प्रहरीलाई गाडीले पेलेरै पहिलो घेरा तोड्दै अघि बढेका थिए । त्यसपछि आन्दोलन झन् उग्र भएको थियो । त्यसपछि आन्दोलस्थलबाट भागेका दुर्गा प्रसाईलाई प्रहरीले २४ घण्टासम्म पनि भेटाउन सकेको छैन । 
पक्राउ परेकाहरु मध्ये आवश्यक अनुसन्धान गरेर केहिलाइ मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा बताउँछन् । उनका अनुसार विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ...
ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

छ महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ। विद्युत् तथा ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव...
२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  चार दशमलव ७९ अङ्कले बढेर ४७४ दशमलव ९६ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ६१ अङ्कले बढेर १८१ दशमलव...
यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन बुधबारदेखि नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

भर्खरै