नेभिगेशन
समाज

पूर्वराजालाई बालेनले तिराए जरिवाना, ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाइयो(सबै पत्रसहित )

काठमाडौँ । तीनकुने क्षेत्रमा सार्वजनिक सम्पत्तीमा क्षति पुर्याएको भन्दै काठमाडौँ महानपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवान तिर्न ८ वटा पत्र पठाएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 शुक्रबारको प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा सार्वजनिक संरचना जलाएको, भत्काएको तथा महानगरको दमकलमा ढुंगामुडा गरेको लगायतको क्षतिको मूल्याङकन गरि ८ वटा फरक-फरक पत्रमा जरिवाना रकम उल्लेख गरि   ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाएको महानगर स्रोतले जनाएको छ । 

Ncell
Extreme Energy

महानगरले वडा न ३२ कोटेश्वर तथा तीनकुने क्षेत्रको सडक तथा पेटीमा जथाभावी फोहोरमैली गरि वातावरण प्रदुषण गरेकाले ज्ञानेन्द्र शाहलाई १/१ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ । यस्तै दमकल र अग्निनियन्त्रकहरुमाथि ढुंगामुडा गरि क्षति पु¥याएकोमा १ लाख ३० हजार रुपैयाँ जरिवाना गरेको छ । 
यस्तै तीनकुनेमै वातावरण प्रदुषण गरेकाले थप १ लाख जरिवानाको पत्र निर्मल निवास पठाइएको छ ।  यस्तै बालकुमारी र जडिबुटी सडक क्षेत्रमा फोहोरमैलागरि वातावरण प्रदुषण गराएको भन्दै १/१ लाख जरिवाना गरिएको छ । 

साथै तीनकुने क्षेत्रमा रहेको रुख बिरुवा, रेलिङ भत्काउने तोडफोड गरेबापत्त ४० हजार र आइल्याण्डमा तोडफोड गरेबापत २३ हजार रुपैयाँ जरिवाना तोेकेको छ । 

कुन शीर्षकमा कति जरिवाना ?

  1. कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर - रु १ लाख
  2. महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
  3. तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
  4. जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
  5. बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
  6. सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
  7. दमकल तोडफोड- रु १ लाख ३० हजार
  8. तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड- रु ६३ हजार

 

सबै ८ वटै पत्र आइतबार कार्यालय समयमा निर्मल निवास पठाइने महानगरले जनाएको छ । 

Mahanagar-05-1743244788.jpg

Mahanagar-04-1743244788.jpg

Mahanagar-06-1743244788.jpg

Mahanagar-07-1743244788.jpg

Mahanagar-02-1743244787.jpg

Mahanagar-03-1743244787.jpg

Mahanagar-01-1743244786.jpg

Mahanagar-0-1743244786.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट फिर्ता लिन डा. शेखरको आग्रह

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट फिर्ता लिन डा. शेखरको आग्रह

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि चालु आर्थिक वर्ष २०८३÷८४ को बजेटमा विनियोजन गरिएको २ करोड रुपैयाँ फिर्ता लिन सरकारसँग...
स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा, उम्मेदवार छान्न ल्यायो कडा नियम

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा, उम्मेदवार छान्न ल्यायो कडा नियम

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी थालेको छ ।

भर्खरै