नेभिगेशन
समाज

पूर्वराजालाई जरिवाना तोक्ने निर्णय फिर्ता लिन बालेनलाई कमल थापाको आग्रह 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले शुक्रबारको प्रदर्शनका क्रममा क्षति पुर्याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । 
प्रदर्शनमा उग्र हुँदा आगजनी तोडफोड देखि २ जनाको ज्यानै गएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


महानगरको क्षेत्राधिकार भित्र पर्ने क्षतिको मूल्यांकन गरेर महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।

Ncell
Extreme Energy


यस विषयमा टिप्पणी गर्दै कमल थापाले भनेका छन्, ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो स्टन्ट भयो । मेयर बालेन शाहबाट यस्तो त्रुटि कसरी भयो होला ? म अलमलमा छु ।’


उनले संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह गरेका छन् ।


थापाले लेखेका छन्, ‘पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्वराष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नुपर्ने थियो’, उनले भनेका छन्, ‘पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन बुधबारदेखि नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...