नेभिगेशन
मुख्य समाचार

ट्याक्टर  दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

सुदूरपश्चिम । हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडकखण्डमा आज भारती नंको ट्याक्टर  दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा भारत, उत्तरप्रदेशस्थित लखिमपुर खिरी जिल्लाका ११ वर्षीय आयुस बर्मा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । दुर्घटनामा २७ भारतीय नागरिक घाइते भएका छन् । तीमध्ये तीन जनालाई बढी चोट लागेको छ । 

प्रहरीका अनुसार  धनगढी उपमहानगरपालिका स्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर  अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो । चालक फरार छन् । ट्याक्टरको नं खुल्न सकेको छैन । बेहडाबाबालाई सीमापारीका भारतीय नागरिकले कुलदेवताको रूपमा पुज्ने गर्छन् ।

   ट्रलीमुनी च्यापिएका मृतक बालकको शव निकालिएको छ । घाइतेहरूलाई प्रहरी, रेडक्रसकर्मी र स्थानीयले उद्धारगरी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अन्य अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...
आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच बिहीबार यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका डा भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई...

भर्खरै