नेभिगेशन
समाज

रविन्द्र मिश्र सहित १ सय १३ जनालाई अदालत पेस गरिदै,'राज्यविरुद्धको अपराध कसुर'मा म्याद थपको तयारी 

काठमाडौँ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र सहित ९ जनलाई आज म्याद थपका लागि अदालत पेस गरिने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उपाध्यक्ष मिश्र सहित राप्रपाका महामन्त्री धवलशमशेर राणा,  ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडा लगायत  ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थपका लागि पेश अदालत पेश गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

Ncell
Extreme Energy

प्रहरीले उनीहरुलाई  आन्दोलन भड्काउन मुख्य भूमिकाा खेलेको आरोप लगाएको छ । 


प्रहरीका अनुसार उनीहरुविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’ सँगै ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनी जस्ता मुद्दामा पनि जोड्न खोजिएको छ ।


शुक्रबारको घटनामा प्रहरीले हालसम्म पक्राउ परेको ११३ जनालाई आवश्यक स्क्रिनिङपछि  संलग्नताको आधारमा आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनीलगायतका मुद्दा चलाउने तयारी गरेको छ। 
आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई भने फरार छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन बुधबारदेखि नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...