नेभिगेशन
समाज

दिपकराज गिरि भन्छन्ः 'म शेरबहादुर, केपी ओली र प्रचण्डलाईनै राजा मानेको राजावादी हुँ'

काठमाडौँ । कलाकार दीपकराज गिरिले आफूलाई राजावादीको सूचीमा राखेर विज्ञप्ति निकालेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । साथै आफूलाई राजावादी भन्नेहरुलाई आफूले नेताहरुलाई नै राजा मानेको व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले राजावादी आन्दोलनको ठिक एक दिन अघि एउटा बौद्धिक भेला हुँदैछ जसले हाल देखिएको राजनीति धुर्बिकरणको बारेमा छलफल गर्नेछ, तपाइको बिचार के छ राख्नु होला  भनी बोलाएर आफूलाई राजावादीको सूचीमा राखेकोमा असन्तुष्टि  जनाएका छन् । 

Ncell
Extreme Energy

सामाजिक सञ्जालमा उनले लेखेका छन्,' २०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के के उपद्रो गरियो यहाँ उल्लेख नगरौँ! मेरो राजावादी यात्रा ठोस रूपमा सुरु २०४६ पछि सुरु भएको हो ! मुलुकमा प्रजातन्त्र स्थापना पछि राजनीति गर्ने रहर जागेर आयो, कुन बिचार र दललाई अंगालौ भनेर अध्ययन गरियो र अन्त्यमा अहिलेका चर्चित शेर बहादुर राजाुको पार्टी रोजियो ।'

उनी थप लेख्छन्– 'त्यसपछि २०६२/६३ आयो , त्यतिबेला मूलक नै संकटमा परेको आभास भयो र प्रचण्ड राजाको क्रान्तिकारी तेज बाट प्रभावित पनि भइयो र उनी लगायतका नेताहरूको आव्हानलाई साथ दिइयो र तत्कालीन राजसत्ता बिरूद्द लेखियो, बोलियो, हिँडियो पनि ११ त्यति बेला फेरी एकपल्ट राजावादी भइयो!'
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन बुधबारदेखि नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...