नेभिगेशन
समाज

निर्मल निवासले बुझ्न मानेन महानगरको पत्र, गेटबाटै फर्काइयो नगर प्रहरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरेको कारबाहीको पत्र निर्मल निवासबाट फर्काइदिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार राजावादीले काठमाडौँका विभिन्न स्थानमा आन्दोलन गरेर महानगरका विभिन्न सडकमा फोहोर र आगजनी गरेको भन्दै महानगरले सात लाख ९३ हजार जरिवाना ताकेको थियो । 

Ncell
Extreme Energy

सो कारबाहीसहितको पत्र लिएर निर्मलनिवास पुगेको महानगर प्रहरीको टोलीलाई भित्र प्रवेश नै गर्न दिइएन् । पूर्वराजा सम्बद्ध व्यक्तिहरुले उनीहरुलाई गेटबाटै फर्काइदिएका हुन् । 

महानगरले शुक्रबार तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना तोकेको हो ।

सो कारबाहीसहितको पत्र लिएर निर्मलनिवास पुगेको महानगर प्रहरीको टोलीलाई भित्र प्रवेश नै गर्न दिइएन् । पूर्वराजा सम्बद्ध व्यक्ति र उनको सचिवालयले उनीहरुलाई गेटबाटै फर्काइदिएका हुन् । 

महानगरले पूर्वराजासँग कुन शीर्षकमा कति मागेको थियो जरिवाना ?

  • कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
  • महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
  • तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
  • जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
  • बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
  • सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
  • महानगरको दमकल फुटाएको– १ लाख ३० हजार
  • तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार
  • तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...