नेभिगेशन
समाज

पाथिभरा केबलकारको निर्माण अघि नबढाउन सर्वोच्चको आदेश

काठमाठौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरा क्षेत्रमा बनाइराखिएको केबलकार यथास्थितिमा राख्न आदेश दिएका छ । न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले सो निर्माणस्थलमा भएको कामलाई अघि नबढाउन आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै यामबहादुर लिम्बूले दायर गरेको रिटमा छलफलका लागि विपक्षीलाई बोलाउने आदेश समेत भएको छ । ‘निवदेकले अन्तरिम आदेश जारी हुन माग गरेको सम्बन्धमा विचार गर्दा, प्रस्तुत निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गाम्भिर्यता हेर्दा दुवै पक्षको सुनुवाई गरी अन्तरिम आदेश जारी हुनु पर्ने हो वा होइन भन्ने विषयमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएकाले हालसम्म भए गरेका काम कारवाहीहरु यथास्थितिमा राखी अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि उपस्थित हुन मिति २०८१/१२/२६ गतेको पेशी तोकी सो को जानकारी विपक्षीहरुसमेतलाई दिनु’, आदेशमा भनिएको छ । 

Ncell
Extreme Energy

अदालतको सो आदेशपश्चात व्यवसायी चन्द्र ढकालको कम्पनीले बनाइरहेको विवादित केबलबार तत्कालका लागि नबन्ने भएको छ । स्थानीयको अवरोधका बिच बनिरहेको केबलकारको विरोधमा पहिचानवादी समूहहरु न्यायीक निकाय गुहार्न पुगेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...