नेभिगेशन
मुख्य समाचार

पूर्वराजा ज्ञानेन्द्रलाई पत्र काटेपछि प्रकाशचन्द लोहनीको बालेनलाई प्रश्नः के यो ठीक हो ?

काठमाडौं ।  राप्रपाका नेता तथा पूर्वमन्त्री डा.प्रकाशचन्द्र लोहनीले तीनकुने घटनामा जोडेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना काट्नु बालेनको सस्तो लोकप्रियताको दौड रहेको टिप्पणी गरेका छन् । 

काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुनेमा भएको कार्यक्रममा फोहोर र तोडफोडको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवानाको पत्र काटेको थियो । 
आइतबार बिहान पत्र लगेर निर्मल निवास गएको नगर प्रहरीको टोलीलाई पत्र नबुुझी फिर्ता गरिएको छ । यसै सन्दर्भमा सामाजिक संजाल मार्फत डा लोहनीले असन्तुष्टि जनाउँदै कुन कानुन अनुसार पत्र काटीएको हो, जवाफ दिन माग गरेका हुन् । 
उनले सात बुँदा उल्लेख गर्दै बालेनलाई सोधेका छन्, के यो ठीक हो ?

यस्तो छ डा. लोहनीको वक्तव्य
मेयर बालेन सााहले राजा ज्ञानेन्द्रलाई जरिवाना तोक्नु भएछ । के यो ठीक हो ?

एकपटक निम्न बुँदाहरू विचार गरौं ।

१) चैत्र १५ गतेको राजनैतिक कार्यक्रममा दुई पक्ष थिए । एउटा कार्यक्रम गर्ने पक्ष र अर्को कार्यक्रम गर्न स्वकृति दिने पक्ष अर्थात नेपाल सरकार ।

(२) कार्यक्रम सुरु भएर मञ्चमा बोल्नु अगाडि नेपाल सरकारकों तर्फबाट मकै पड्केको जस्तो गरी मञ्चमा अश्रुग्यास प्रहार भयो।म स्वयं बोल्नेप्रयास गर्दै थिए अश्रुग्यास प्रहार वाट आखा नदेख्ने र स्वास फेर्न पनि गाह्रो अवस्थामा पुगे ।

(३) ठूलो भीडको बिचमा, आफैँले भाषण गर्न स्वीकृति दिएको सभामा र भाषण गर्ने मञ्चमा समेत अश्रुग्यास प्रहार गर्नु कुन नियम, कानून र प्रोटोकलले जायज छ ?
यस्को दोषी को हो ?

४) अश्रुग्यास प्रहारबाट भिड आक्रोशित भएर तितर-बितर भयो । आफूले स्वीकृति दिएर स्वभावत: भइरहेको भाषण र आमसभालाई नेपाल सरकार स्वयंले भाँड्यो र आतङ्कको स्थिति सिर्जना गयो । यो तथ्यलाई बालेनजीले कसरी हेर्नुभएको छ ?

५) यसपछिको आक्रोसित भिड र प्रहरीबीच द्वन्द्व र नोक्सानसमेत भयो ।

६) माथि १ देखि ५ सम्मको घटनामा बालेनको नजरमा राजा ज्ञानेन्द्र शाह कसरी र किन जोडिन पुग्नुभयो ।

७) कानूनबमोजिम यो सब घटनामा स्वीकृति लिने र दिने पक्ष हुँदाहुँदै सबै तथ्य बिर्सिएर राजा ज्ञानेन्द्र शाहलाई जरिवाना भन्ने पत्र पठाउन नेपालको कुन कानून र मान्यताले दिन्छ ?

बालेनजीले जनतालाई राम्रोसँग बताउनुपर्‍यो ।

अन्यथा यो पत्राचारलाई सस्तो लोकप्रियताको दौडमात्र रहेको बुझ्नुपर्ने भएको छ ।

बालेनजी, मजस्ता धेरै काठमाडौंबासी शुभचिन्तक तथा आमनागरिक अहिलेसम्म तपाईका हितैसि छौं , तर अब हामीलाई जवाफ चाहियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै