नेभिगेशन
समाज

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउँदै, संसद अवरोध जारी राख्ने विपक्षीदलको अडान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन् । संसदको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले बोलाएको सचेतकहरुको बैठकका क्रममा नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले आज साँझ सर्वदलीय बैठक बोलाउने जानकारी गराएका थिए  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि बर्तौलाले आजै साँझ प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने बताएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

Ncell
Extreme Energy

बैठकमा बर्तौलाले प्रधानमन्त्री ओली र प्रमुख विपक्षीदलका नेता पुष्पकमल दाहालसँग फोन संवाद गरिसकेको बताएका थिए  । 

तर संसदको चौथो ठुलो दल रास्वपालाई भने सर्वदलीय बैठकका विषयमा अहिलेसम्म कुनै जानकारी नआएको कार्यवहाक सभापती डाेलप्रसाद(डिपी) अर्यालले जानकारी दिए । 

संसद भवनमा भएको छलफलका क्रममा सभामुख घिमिरेले दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए । 

 कुलमान घिसिङ प्रकरणलाई लिएर विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक, १५ जनाले जिते १ लाख ३३ हजार ३३४ रुपैयाँ

करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक, १५ जनाले जिते १ लाख ३३ हजार ३३४ रुपैयाँ

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको उपहार योजनाका विजेताको घोषणा गरेको छ।
पुस्तान्तरण हुँदै आएको मानसिक आघातको चक्र तोड्न एआई स्टार्टअप निर्माण गर्दै तीन नेपाली

पुस्तान्तरण हुँदै आएको मानसिक आघातको चक्र तोड्न एआई स्टार्टअप निर्माण गर्दै तीन नेपाली

तीन युवा नेपाली उद्यमीले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको भावनात्मक तथा मानसिक आघात (जेनेरेशनल ट्रमा) को चक्र तोड्न सहयोग गर्ने उद्देश्यसहित कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित स्टार्टअप एआई इको (AI...