नेभिगेशन
समाज

राजावादीको आन्दोलनमा तोडफोड र आगजनी गर्नेको फोटो भिडियो पठाइदिन नेपाल प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले गत शुक्रबार राजावादीको आन्दोलनमा उपस्थित भएर गैरकानुनी आपराधिक क्रियाकलाप गर्नेहरुलाई फोटो भिडियो हेरेर पक्राउ गर्ने भएको छ । प्रहरीले एक सूचना जारी गर्दै सो दिन काठमाडौँको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायत क्षेत्रमा तोडफोड र आगजनी गर्नेहरुको फोटो, भिडियो र संलग्न व्यक्तिको विवरण उपलब्ध गराइदिन आग्रह गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘मिति २०८१ चैत १५ गते काठमाडौँको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका विभिन्न क्षेत्रहरुमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत नीजि तथा सरकारी सवारी साधनहरुमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरुसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिनु हुन अनुरोध छ ।’, प्रहरीको सूचनामा भनिएको छ ।

Ncell
Extreme Energy

त्यस्तै प्रहरीले सूचना उपलब्ध गराउनेको गोपनियता कायम राख्ने प्रतिबद्धता समेत जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।