नेभिगेशन
समाज

फरार भएका दुर्गा प्रसाईँको भिडियो बयानः म भागेको छैन, काठमाडौँमै छु (भिडियोसहित)

'मलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेका थिए । स्टेज छेउमा पुग्दा मेरो कानको छेउबाटै गोली गयो । '

काठमाडौँ । तीनकुने घटनापछि फरार भएका दुर्गा प्रसाईँले आफू फरार नभएको बताएका छन् । दुर्गा प्रसाईँ नामक फेसबुक पेजमा पोस्ट भएको भिडियोमा प्रसाई कुनै मन्दिरका अघि बसेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीनकुने घटनामा आफूलाई गोली हान्ने अवस्था देखेपछि आफू सुरक्षीत रहनका लागि काठमाडौँकै कुनै एक मन्दिरमा बसेको उल्लेख गरेका छन् । 

Ncell
Extreme Energy

उनले भनेका छन्,'शान्तिपूर्वक जनविद्रोह कार्यक्रम घोषण गर्न जाँदै गर्दा मलाई मार्ने योजना रहेछ' ।

प्रसाईले युवा संघ र प्रहरीले कार्यक्रम सुरु हुनुपुर्व नै घुसपैठ गरेको आरोप लगाएका छन् । उनले आफूलाई गन्जालोमा हालेर आन्दोलन दबाउन खोजेको दाबी समेत गरेका छन् । 
प्रसाईको भनाइ यस्तो छ

''चैत १५ गते बिहानैदेखि विभिन्न भेषभुषामा युवा संघका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल डेसमा हतियारसहित अर्काको घरमा चढेर बसेका रहेछन् । हामी डेढ बजे कार्यक्रमस्थल पुग्नुभन्दा १५ मिनेट अगाडिदेखि नै स्टेज पुग्न नदिइकन बाटोबाट गोली र टियरग्याँस हान्न थाले । मलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेका थिए । स्टेज छेउमा पुग्दा मेरो कानको छेउबाटै गोली गयो । अर्को कुरा मेरै गाडीमा टियरग्याँस खसेपछि मलाई मार्नेरहेछन् भन्ने बुझेर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको हुँ ।

माओवादीको सभामा ३ हजार मान्छे आए, हाम्रा मान्छे बढी हुन्छन् भनेर कलंकी, गौशाला, बसपार्कको मास आउन दिएनन् । जुलुस बाटोबाटोमा रोकेर १५ मिनेट अगाडिदेखि रणभूमि बनाए । म सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर भित्र पसेको हो । प्रहरीप्रति दुश्मनी होइन । पर्न गएको चोटमा क्षमा चाहन्छु ।

दुर्गा प्रसाईं टाढा छैन । १२ भाइ मिडिया हात धोएर लाग्या छन् । म भागेको छैन, भाग्दिनँ । पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन । मलाई गोञ्जालो बनाएर दबाउन खोजिएको छ । त्यसैले सुरक्षितमात्रै बसेको हो । प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ । म भाग्दिनँ । बरु तपाईंहरुकै अगाडि मर्छु ''।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो भएको छ ।
बागमती प्रदेश सरकारमा सहभागी नहुने राप्रपा संसदीय दलको निर्णय

बागमती प्रदेश सरकारमा सहभागी नहुने राप्रपा संसदीय दलको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले वर्तमान सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ ।
बिपी राजमार्गमा राति, कान्ति लोकपथमा साँझदेखि बिहानसम्म सवारी रोक

बिपी राजमार्गमा राति, कान्ति लोकपथमा साँझदेखि बिहानसम्म सवारी रोक

वर्षाका कारण सडक जोखिम बढेपछि बिपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको...
सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु

चालु आर्थिक वर्षको वैशाखदेखि साउन २० गतेसम्म देशका ६४ जिल्लामा सर्पदंशका ७६८ घटना भएका छन् ।