नेभिगेशन
समाज

राजावादीलाई जेल हाल्नुपर्छ भनेपछि राजेन्द्र लिङ्देनले छाति ठोकेर भने, ‘राजावादी यहाँ छ, सके जेल हाल’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुलाई लक्षित गर्दै सत्तापक्ष दलहरुले संसदमा उनीहरुलाई जेल हाल्नुपर्छ भनेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा विपक्षीहरुले सरकारले कुलमान घिसिङ हटाएको विषयलाई लिएर विरोध जनाइरहेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो विरोधमा राप्रपाका सांसदहरु समेत सहभागी थिए । विपक्षीहरुले विरोध गरिरहेको समयमा नेकपा एमाले र कांग्रेसका सांसदहरु उठेर संसदमा राजावादी हुँ भन्ने समेत थुन्नुपर्छ भन्दै भनाभन गर्न थाले । 
सोही समयमा विरोधमा उत्रिइरहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन थप आक्रोशित भए । उनले छाति पिटेर भने, ‘राजावादी यहाँ छ, सके जेल हाल !’

Ncell
Extreme Energy

आइतबार ढिलो गरि बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरु भनाभनमा उत्रिएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । बैठक स्थगित भएको एक घण्टा बित्दासमेत बैठक सुरु भएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।