नेभिगेशन
समाज

रविन्द्र मिश्रलाई हतकडी लगाएर म्याद थपका लागि अदालत लगियो 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपको लागि अदालत उपस्थित गराइएको छ । उनलाई प्रहरीले हतकडी लगाएर अदालत उपस्थित गराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार राजावादीहरु तीनकुनेमा गरेको प्रदर्शन हिंसातमब बनेपछि उनलाई शुक्रबार राति नै प्रहरीले पक्राउ गरेको हो । उक्त प्रदर्शनमा मिश्र पनि सहभागी थिए । उनले प्रदर्शन भड्किसकेपछि पनि यो सुरुवात मात्रै भएको अभिव्यक्ति दिएका थिए । 

Ncell
Extreme Energy

उनलाई उक्त प्रदर्शनपछि भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै पक्राउ गरिएको थियो । उनीसँगै  धवलशम्सेर जबरालाई पनि म्याद थपका लागि अदालत लगिएको छ । 
प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपका १ सय ११ जनालाई पक्राउ गरेको छ । 

राजसंस्था पुर्नस्थापनाको माग गर्दै शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनीका घटना भएका छन् । काठमाडौं प्रहरीका अनुसार ९ वटा सरकारी गाडी, सरकारी र निजी ६ वटा गरी जम्मा १५ सवारीसाधनमा क्षति भएको छ। 

प्रदर्शनका क्रममा ५३ नेपाल प्रहरी र २२ सशस्त्र प्रहरी पनि घाइते छन्। उता प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको प्रहरीले उल्लेख गरेको छ। 

Rabindra-mishra-1743335289.jpg

myad-thap-3-1743335289.jpg

myad-thap-1743335289.jpg

myad-thap-2-1743335289.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ होल्ड भएको छ । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनीमाथि स्वार्थको द्वन्द्व देखिएको आरोपसहितका प्रश्न सांसदहरुले तेर्स्याएका थिए...