नेभिगेशन
समाज

रवीन्द्र र धवलमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई अनुसन्धान गर्न प्रहरीले थप ४ दिन म्याद पाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालत काठमाडौँले मिश्र र महामन्त्री शमशेरलाई तीनकुनेमा भएको राजावादी प्रदर्शनमा भएको घटनामा अनुसन्धान गर्न म्याद दिएको हो । 

Ncell
Extreme Energy

शुक्रबार राजावादीहरु तीनकुनेमा गरेको प्रदर्शन हिंसातमब बनेपछि उनलाई शुक्रबार राति नै प्रहरीले पक्राउ गरेको थियाे । उक्त प्रदर्शनमा मिश्र पनि सहभागी थिए । उनले प्रदर्शन भड्किसकेपछि पनि यो सुरुवात मात्रै भएको अभिव्यक्ति दिएका थिए । 

उनलाई उक्त प्रदर्शनपछि भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै पक्राउ गरिएको थियो । 
प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपका १ सय ११ जनालाई पक्राउ गरेको छ । 

राजसंस्था पुर्नस्थापनाको माग गर्दै शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनीका घटना भएका छन् । काठमाडौं प्रहरीका अनुसार ९ वटा सरकारी गाडी, सरकारी र निजी ६ वटा गरी जम्मा १५ सवारीसाधनमा क्षति भएको छ। 

प्रदर्शनका क्रममा ५३ नेपाल प्रहरी र २२ सशस्त्र प्रहरी पनि घाइते छन्। उता प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको प्रहरीले उल्लेख गरेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो भएको छ ।
बागमती प्रदेश सरकारमा सहभागी नहुने राप्रपा संसदीय दलको निर्णय

बागमती प्रदेश सरकारमा सहभागी नहुने राप्रपा संसदीय दलको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले वर्तमान सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ ।
बिपी राजमार्गमा राति, कान्ति लोकपथमा साँझदेखि बिहानसम्म सवारी रोक

बिपी राजमार्गमा राति, कान्ति लोकपथमा साँझदेखि बिहानसम्म सवारी रोक

वर्षाका कारण सडक जोखिम बढेपछि बिपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको...
सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु

चालु आर्थिक वर्षको वैशाखदेखि साउन २० गतेसम्म देशका ६४ जिल्लामा सर्पदंशका ७६८ घटना भएका छन् ।