नेभिगेशन
समाज

राजेन्द्र लिङ्देनको प्रश्नः सविन महर्जन हिँडिरहेको बेलामा गोली किन हानियो ? छतबाट मञ्चमा अश्रु ग्यास किन बर्साइयो ? 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार प्रतिनिधिसभाको बिशेष समयमा लिङ्देनले गणतन्त्रमा पुगेपछि मुलुक कस्तो अवस्थामा छ भन्ने जनताले राम्रोसंग हेरेको भन्दै राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको आरोप लगाएका हुन् । 

Ncell
Extreme Energy

उनले व्यवहारमा सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै नभइ जनताले व्यवस्था उल्टाउने तर्क गरे । लिङ्देनले १५ गतेको घटनालाई राज्यले नियन्त्रणमा लिन नसकेको र उल्टै नागरिकमाथि सरकारले दमन गरेको आरोप लगाए । ‘चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? त्यो निणन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईँ कांग्रेस, एमाले भन्नेहरू सरकारमा बसेर भजन गाउँदै, मादल बजाउँदै आइपुगेको हो ? तपाईँहरू तोडफोड नगरी, मान्छे नमारी आएको हो ? सविन महर्जन हिँडिरहेको बेलामा गोली किन हानियो ? छतमाथि बसेर म्याद सकिएको अश्रु ग्यास मञ्चमा किन बर्साइयो ? किन गोली हानियो त्यसको जवाफ चाहिन्छ ।’ लिङ्दनले भने । 

हरेक आन्दोलनमा युवाहरूको योगदान रहने भन्दै युवाशक्तिलाई नहोच्याउन उहाले चेतावनी दिए । त्यस्तै अध्यक्ष लिङ्देनले शुक्रबार भएको घटनाको निष्पक्ष छानविनका लागि न्यायीक आयोग गठन हुनुपर्ने माग गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उनले  संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा  धारणा प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु...
विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ ।
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उहाँले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था सिर्जना गरेको धारणा...