नेभिगेशन
समाज

ज्ञानेन्द्र शाहले निर्मल निवासबाट लफङ्गाहरुलाई माला लगाएर जनाताको घर जलाउन पठाएः योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वराजालाई राज्यले दिएको सम्मान भंग भएकाले सुविधा कटौती गर्नुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार प्रतिनिधिसभा बैठकमा भट्टराईले पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सम्मान दिएर राखेको अवस्थामा निर्मल निवासमा बसेर पूर्वराजाले सम्झौता भंग गरेको भन्दै सेवा सुविधा कटौती गर्नुपर्ने बताएका हुन् । भट्टराईले लफंगाहरूलाई जनकमान्डर बनाएर तीनकुनेमा ताण्डव नृत्य गर्न लगाएको टिप्पणी समेत गर्नुभयो । उहाले जनताले फ्याकेको राजतन्त्र कसैको रहरले नआउने उल्लेख गरे । पृथ्वीनारायण शाह राष्ट्रको नायक भएकाले सवैले मानेको भन्दै उनले राजाहरुले देशको सीमा रक्षाका लागि के गरे भन्दै प्रश्न गरे । 

Ncell
Extreme Energy

राजतन्त्रको छिनोफानो इतिहासले अव कुनै व्यवस्थाको खोजि गर्न आवश्यक नरहेको  उनले बताए । उनले गणतन्त्रको रक्षाका लागि सवै दलहरु एक ठाँउ भएको उल्लेख गरे । 

‘यो सरकारले तपाईँलाई सेवा सुविधा देको हो । त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले निर्मल निवासमा बसेर भंग गरेका छन् । अज म संसदमार्फत प्रश्न गर्न चाहन्छु, सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुँदैन ? म सरमारलाई सोध्न चाहन्छु । उहाँले समझौता भंग गर्नुभयो । उहाँले लफङ्गाहरुलाई जनकमान्डर बनाएर तीनकुने ताण्डव नृत्य नचाउन पठाउनुभो । म दश पटक भन्छु यो शब्द । निर्मल निवासबाट लफङ्गाहरुलाई माला लगाएर जनाताको घर जलाउन पठाउनुभो । तपाईँको सम्झौता भंग भयो । त्यसकारण म भन्न चाहन्छु, तपाईँमाथिको सेवासुविधा अब के हुन्छ ?’ भट्टराईले प्रश्न गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उनले  संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा  धारणा प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु...
विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ ।
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उहाँले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था सिर्जना गरेको धारणा...