नेभिगेशन
समाज

गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ भन्नु’ कुनै पनि सज्जनको काम होइन : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपूर्ण थियो अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्धता गराउन उत्तीकै रेडियो नेपालको भूमिका अहम् हुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँमा आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५औँ वार्षिकोत्सव (हीरक महोत्सव) कार्यक्रममा मन्त्री गुरुङले राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामन्ती प्रवृत्तिको रहेको बताए । यस्ता आचरणलाई हटाएर जनतालाई गणतन्त्रको महत्त्व दर्शाउने र जनतामाझ सत्यतत्थ्य सूचना दिन रेडियो नेपाललगायत सार्वजनिक सेवा प्रसारण संस्थानहरूको विशेष भूमिका हुने उनले उल्लेख गरे।  

Ncell
Extreme Energy

पूर्वराजा ज्ञानेन्द्रले पार्टीहरूको अगाडि थाकेर जनतालाई सार्वभौम सत्ता सुम्पिएको इतिहास सम्झाउँदै अहिले फेरि हराइसकेको राजकीय सत्ता ल्याउन खोज्नु मूर्खतापूर्ण कार्य रहेको उनले प्रस्ट पारे । मन्त्री गुरुङले भने, “गणतान्त्रिक शासन व्यवस्थामा राजा आउ देश बचाउ भन्नु सज्जनहरूले गर्ने काम होइन ।”

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारको प्रशंसाभन्दा पनि जनतालाई सही सूचना प्रसारण गर्ने सर्वजनिक प्रशारण सेवा (पिएसबी) को प्रमुख दायित्व हुने बताए। रेडियो नेपाल प्रत्येक जनताको घरदैलोमा गुञ्जिनुपर्ने र यसका लागि नेपालको माटो सुहाउँदो पिएसबी मोडलका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव समेत उनले कार्यक्रममा राखेका थिए । “राष्ट्रिय एकता सिर्जना गर्ने माध्यम रेडियो नेपाल भएकाले सबै जनताको पहुँचमा पुर्‍याउन जरुरी छ”, उनले भने ।

त्यस्तै, सञ्चार सचिव राधिका अर्यालले रेडियो नेपालको गरिमामय इतिहास रहेको बताउँदै ‘पिएसबी’ मा रूपान्तरण भएपछि यसले बहन गर्ने जिम्मेवारी जनताप्रति जवाफदेही हुनुपर्ने बताए । ‘पिएसबी’ का कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले आगामी दिनमा रेडियो नेपालको पहुँच शत्प्रतिशत जनतामा पुर्‍याउने बताउँदै समावेशी चरित्रका विषयवस्तु तयार गर्नुपर्नेमा प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा हुलाक सेवा विभागले रेडियो नेपालको हीरक जयन्तीसम्बन्धी पहिलो हुलाक टिकट आवरण प्रकाशन गरेको थियो । जसमा सञ्चारमन्त्री गुरुङले टिकट आवरणमा टाँचा प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।