नेभिगेशन
समाज

अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

धानुक यत्तिका वर्षपछि घर फर्कनुमा भने उनको एक धर्म आमाको हात छ । जो ६५ वर्षीया वृद्धा छिन् । भारतकै बनारस बस्ने उनै धर्म आमा र उहाँकी १३ वर्षीया नातिनिपनि धानुकसँगै आएका छन्। 

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका कुनै सदस्यले गरेका थिएनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसो त धानुकलाई पनि सुरुमा आफ्नो घर पत्ता लगाउन कठिन भयो । आफूले घर छोड्दाको बस्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रभित्र परेपछि स्थानान्तरण गरिएको थियो । भारतको उत्तर प्रदेशको बनारसबाट बस चढेर महेन्द्रनगर आइपगेका उनी सबैभन्दा पहिले कपडालगायत सामान खरिद गर्ने पुरानो व्यापारी कहाँ पगे । उनीसँग कुरा गरेपछि थाहा भयो कि साविकको पिपलाडी गाविस–१ को तारापुर बस्ती स्थानान्तरण गरिएको रहेछ । 

Ncell
Extreme Energy

त्यसपछि उनी महेन्द्रनगर बजार हुँदै झलारी बजार झरे । चिनजानका व्यक्तिसँग भेट भयो । तारापुर बस्तीलाई सिमलफाँटामा सारिएको जानकारी पाए । चिनजान कै व्यक्तिले अटो चालकलाई सिमलफाँटाको घरसम्म पुयाइ दिन आग्रह गरे । अटो चालकले धानुकलाई घरमै पुयाइदियो । यो गत शनिबारको कुरा हो ।

धानुक यत्तिका वर्षपछि घर फर्कनुमा भने उनको एक धर्म आमाको हात छ । जो ६५ वर्षीया वृद्धा छिन् । भारतकै बनारस बस्ने उनै धर्म आमा र उहाँकी १३ वर्षीया नातिनिपनि धानुकसँगै आएका छन्। 

धानुकले भने, “छोरा छोरी सानै हुँदा हिँडेकाले मैले चिन्ने कुरै भएन, आमा र श्रीमतीले चिने, धेरै वर्षपछि घर आइपुगेकाले परिवारका सदस्यले हर्षका आँसु बगाउन थाले, खुसी भए, मैले धेरै वर्ष सम्पर्कविहीन भएर बिताएकाले परिवार पाउँदा निकै खुसी छु ।”

 घरबाट विसं २०५३ मा कमाइको खोजीमा भारतको राजीस्थानस्थित जयपुर पुगेका उनको  गतिलो कमाइ थिएन । काम गर्दा थोरै कमाइ हुन्थ्यो खान र लुगाफाटोमै सिद्धिन्थ्यो ।

 “कामकै खोजीमा कहिले यता पुग्थँे, कहिले उता”, विगत सम्झँदै उनले भने“घरसम्म पुग्ने बस भाडा हुँदैनथ्यो, घर जान पाए हुन्थ्यो भनेर सोच्थँे, जान सक्ने अवस्था थिएन, विस्तारै घरको ठेगाना नै विर्सिने अवस्थामा पुगेको थिएँ ।” 

उनका अनुसार राजिस्थानको जयपुरमा एक व्यक्तिसँग गहिरो मित्रता भयो । ती मित्रको ससुराली उत्तर प्रदेशको बनारसमा थियो । त्यहाँ दुवै जनाको आउजाउ थियो । ती मित्र बिरामी भएपछि धानुकले रगत दिएर ज्यान बचाए । त्यसै बेलादेखि ती मित्रका सासुले धानुकलाई धर्मपुत्रका रुपमा मान्न थाले ।

ती वृद्धाका छोरा थिएन, उनले जमिन दिन्छु बस्नु भनेर पनि धानुकलाई अनुरोध गरे ।“सित्तैमा लिएमा पाप लाग्छ भनेर जग्ग्गा लिन अस्वीकार गरेँ”, उनले भने, “तिनै बृद्धा आमाले परिवारसँग भेटनुपर्छ भनेर कर गर्नु भएपछि उहाँसँगै घर आइपुगँे, यत्तिका समयपछि परिवारसँग भेट हुन्छ भनेर सोचेकै थिइँन । परिवारलाई भेटन पाउँदा निकै खुसी छु, अब भारत फर्किन्न ।”

 धानुकका छोरा गणेशबहादुर ३३ वर्षको भए । यो उमेरमा बुवा पाउँदा खुसीको सीमा नै नरहेको उनी बताउँछन् । “सानै छँदा बुवाले छाडेर जानुभएको थियो”, उनले भने, “अहिले आएर बुवालाई भेटाएँ, परिवारमा खुसियाली छ ।”

 धेरै वर्षपछि घर आइपुग्नु भएका धानुकलाई भेट्न आफन्त र छिमेकी आउने क्रम बढेको छ । स्थानीय समाजसेवी भरतबहादुर विष्ट धानुकलाई घरसम्म ल्याउन उहाँकी धर्म आमाको महत्त्वपूर्ण भूमिका रहेको बताउँछन् । उनले भने, “उहाँको धर्म आमाो कार्य सह्रानीय छ, मानबहादुर धेरै लामो समयपछि घर आइपुग्दा हामी गाउँले खुसी छौँ ।” धानुकको दुई छोरा, एक छोरी, श्रीमती, आमा, भाई र भतिजा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।