नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री ओली आज थाइल्यान्ड उड्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज (चैत १९ गते) थाइल्यान्डको औपचारिक भ्रमणका लागि प्रस्थान गर्दै छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राको निमन्त्रणमा प्रधानमन्त्री ओली आज दिउँसो बैंकक प्रस्थान गर्ने भएका हुन्। 

यस क्रममा प्रधानमन्त्री ओलीले थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा पनि सहभागी हुनेछन्। 

थाइल्याण्डमा प्रधानमन्त्री के के गर्नेछन् ?

प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’को रुपमा रहेको बैङ्ककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंँमा महत्वपूर्ण हुने बताए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।

भ्रमणका अवसरमा पर्यटन र संस्कृतिसँग सम्बधित दुुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ । यसैगरी दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीले भ्रमणका अवसरमा थाइल्याण्डका प्रतिष्ठित व्यावासायिहरुसँग छलफल गर्ने र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने जानकारी दिए। प्रधानमन्त्री ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनलाई यही चैत २२ गते सम्बोधन गर्नेछन्  । यसैगरी प्रधानमन्त्री ओलीले शिखर सम्मेलनका क्रममा भाग लिन आउने सदस्य राष्ट्रका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै