नेभिगेशन
समाज

नेपाली कांग्रेसका सांसद गिरी भन्छन्ः नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक छ

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक रहेको बताएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद गिरीले संविधान निर्माणका क्रममा हिन्दूराष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बेवास्ता गरिएको उल्लेख गरे । उनले जनताले दिएको राय बोरामा बन्द भएको भन्दै खोल्न माग समेत गरे । 

Ncell
Extreme Energy


सांसद गिरीले भने ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ, त्यो खोलियोस् त। त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दूराष्ट्र हुनुपर्छ भनेको थियो, कसैले हिन्दूराष्ट्रलाई हटाऊ भनेको अवस्था थिएन। संसारभर एउटा हिन्दूराष्ट्र भएको हेर्ने धेरैको रहर थियो। अहिले पनि ति अभिलेख र रायहरू हेरियोस् न' उनले भने ।

सोमबार नेपाली कांग्रेसका सांसद डा.शशांक कोइरालाले पनि नेपाल हिन्दूराष्ट्र हुनुपर्ने आफ्नो धारण रहेको बताएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।