नेभिगेशन
समाज

पत्रकार रजकको पोस्टमार्टम रोकियो, विवाद आउन सक्ने भन्दै चिकित्सकले खोजे एक्सरे 

काठमाडौँ । तीनकुने घटना जलेका पत्रकार सुरेश रजकको शव पोस्टमार्टम रोकिएको छ । बाहिर रजकलाई पनि गोली लागेको हल्ला चलेपछि चिकित्सकहरुले पहिले एक्स रे गर्नुपर्ने अडान लिएपछि पोस्टमार्टम रोकिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका फरेन्सिक विभागका चिकित्सकले पछि विवाद हुन सक्ने भन्दै पोस्टर्माटमपूर्व एक्सरे गर्नुपर्ने अडान लिएका छन् । 

Ncell
Extreme Energy


विभागका एक चिकित्सका अनुसार विवादित विषय भएको र भोली फेरी थप जटिलता आउने सक्ने भन्दे एक्स रे गर्न माग गरिएको हो । 


फरेन्सिक विभागले शिक्षण अस्पतालको फरेन्सिकमा एक्स रे मेशिन नभएकाले अतिरिक्त व्यवस्थापन गर्न अस्पताल व्यवस्थापनलाई आग्रह गरेको छ । 


तर प्रहरीले भने पत्रकार रजकको शरिरमा गोली नलागेको बताउँदे आएको छ । तीनुकने चोकमा प्रदर्शनका क्रममा आगलागी भएको घर भित्र  रजक ७० प्रतिशत जलेको अवस्थामा भेटिएका थिए ।
अहिले उनको शव शिक्षण अस्पतालमा राखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।