नेभिगेशन
समाज

चैते दसैँमा कालिका मन्दिरमा धार्मिक पर्यटक 

बागलुङ । चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउने गर्दछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चैतको नवरात्रमा बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा मन्दिरमा अहिल भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

Ncell
Extreme Energy

“चैते दसैँको तेस्रो दिनसम्म दैनिक हजारौँको सङ्ख्यामा  भक्तजन आउनुभएको छ, यसपटक पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ”, खड्काले भने, “यही अवसरमा चैत २० गतेदेखि यहाँ मेलासमेत आयोजना गरिएको छ, भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।”

मेला आयोजनाका लागि रु ५५ लाख खर्चको अनुमान गरिएको छ ।  मन्दिरमा छिमेकी मुलुक भारतबाटसमेत धार्मिक पर्यटक आउने गर्दछन् । मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । 

मेलामा स्थानीय कला संस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको बताउँदै उनले स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डालालगायतको व्यापारलाई स्टल निःशुल्क उपलब्ध गराइएको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
उदयपुरमा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

उदयपुरमा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत फेला परेको छ।
चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन यस्तो रणनीति

चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन यस्तो रणनीति

चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।
बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको वैशाली जिल्लाको राघोपुर थाना क्षेत्रअन्तर्गत मंगलबार राति गंगा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ बालबालिकाको ज्यान गएको छ।