नेभिगेशन
समाज

चैते दसैँमा कालिका मन्दिरमा धार्मिक पर्यटक 

बागलुङ । चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउने गर्दछन् ।

चैतको नवरात्रमा बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा मन्दिरमा अहिल भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

“चैते दसैँको तेस्रो दिनसम्म दैनिक हजारौँको सङ्ख्यामा  भक्तजन आउनुभएको छ, यसपटक पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ”, खड्काले भने, “यही अवसरमा चैत २० गतेदेखि यहाँ मेलासमेत आयोजना गरिएको छ, भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।”

मेला आयोजनाका लागि रु ५५ लाख खर्चको अनुमान गरिएको छ ।  मन्दिरमा छिमेकी मुलुक भारतबाटसमेत धार्मिक पर्यटक आउने गर्दछन् । मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । 

मेलामा स्थानीय कला संस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको बताउँदै उनले स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डालालगायतको व्यापारलाई स्टल निःशुल्क उपलब्ध गराइएको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाको बिस्तारित बैठकअघि केन्द्रीय समिति बैठक

रास्वपाको बिस्तारित बैठकअघि केन्द्रीय समिति बैठक

बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् भने उपसभापति डा स्वर्णिम वाग्लेले निर्वाचन लक्षित वाचा पत्र पेस गर्नेछन् ।
रास्वपाकाे विस्तारि बैठक सौराहामा सुरु हुँदै, डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्दै

रास्वपाकाे विस्तारि बैठक सौराहामा सुरु हुँदै, डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्दै

फागुन २१ को निर्वाचन तथा पार्टीको आगामी रणनीति तय गर्ने छ । बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा...
आजको मौसमः देशका अधिकांश भागमा आज मौसम सफा रहने

आजको मौसमः देशका अधिकांश भागमा आज मौसम सफा रहने

कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका...
धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

कैलाली जिल्लामा कात्तिक ११ गतेदेखि धान खरिद सञ्चालन गर्ने सूचना निकालिएको थियो । मौसमका कारण कात्तिक १६ गतेदेखि धान खरिद सुरु गरेको भजनी खरिद उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढा...