नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

बैङ्कक ।थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ ।

थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी शिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए ।

थाइल्याण्डका प्रधानमन्त्री शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान हुनेछ ।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी शिनावातले आयोजना गरेको दिवभोजमा सहभागी हुनेछन् । प्रधानन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिवेणी सिन्थेटिकले बुझायो डेडिकेटेड तथा ट्रङ्क लाइन बक्यौताको पहिलो किस्ता

त्रिवेणी सिन्थेटिकले बुझायो डेडिकेटेड तथा ट्रङ्क लाइन बक्यौताको पहिलो किस्ता

नेपाल विद्युत् प्राधिकरणलाई उक्त उद्योगले पहिलो किस्ता बिहीबार तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको उद्योगको बिजुली हिजैदेखि आपूर्ति गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
रास्वपाको बिस्तारित बैठकअघि केन्द्रीय समिति बैठक

रास्वपाको बिस्तारित बैठकअघि केन्द्रीय समिति बैठक

बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् भने उपसभापति डा स्वर्णिम वाग्लेले निर्वाचन लक्षित वाचा पत्र पेस गर्नेछन् ।
रास्वपाकाे विस्तारि बैठक सौराहामा सुरु हुँदै, डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्दै

रास्वपाकाे विस्तारि बैठक सौराहामा सुरु हुँदै, डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्दै

फागुन २१ को निर्वाचन तथा पार्टीको आगामी रणनीति तय गर्ने छ । बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा...
आजको मौसमः देशका अधिकांश भागमा आज मौसम सफा रहने

आजको मौसमः देशका अधिकांश भागमा आज मौसम सफा रहने

कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका...