नेभिगेशन
मुख्य समाचार

अब अमेरिका जान भिसा आवेदन दिनेहरुको सामाजिक संजाल चेकजाँच हुने

काठमाडौं । अमेरिकाले अब विद्यार्थी भिसा आवेदक र अन्य भिसा आवेदकहरूको सामाजिक सञ्जाल एकाउन्ट चेकजाँच गर्ने भएको छ । द न्यूयोर्क टाइम्सका अनुसार अमेरिका र इजरायलको आलोचना गरेका व्यक्तिलाई अमेरिका प्रवेशमा रोक्ने उदेश्यले 
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आवेदकको सामाजिक सञ्जाल चेक  गर्न निर्देशन दिएका छन् । 

यसका लागि विदेशमन्त्री रुबियोले मार्च २५ मा पत्र पठाएर सम्बन्धित देशमा रहेका अमेरिकि दुतावास तथा राजदूतहरुलाई निर्देशन गरिएको छ । 

CG

विदेश मन्त्रीको निर्देशनबारे जानकार दुई अमेरिकी अधिकारीहरूका अनुसार सम्बन्धित देशका कन्सुलर अधिकारीहरूलाई तत्काल निर्देशन कार्यान्वयन गर्न भनिएको  द न्यूयोर्क टाइम्सले उल्लेख गरेकोछ । विद्यार्थी र एक्सचेन्ज भिसा आवेदकहरूलाई अपराध रोकथाम एकाइमा पठाएर अनिवार्यरूपमा सामाजिक सञ्जाल खाताहरू जाँच गराउनु भन्ने निर्देशन दिइएको छ ।

विदेशमन्त्री रुबियोको यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पले केही विदेशी नागरिकहरू विशेष गरी अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा स्थापित सिद्धान्तप्रति आलोचना गर्नेहरूलाई निकाल्ने अभियान सुरु गर्ने सम्बन्धमा जारी गरिएको एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको लगभग नौ हप्ता पछि आएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

जुन लेन्स लगाएपछि तासको पछाडिबाटै तास देखिन्छ । ठगीको उद्देश्यले बसेका ती खेलाडीहरूलाई पहिले नै आफूलाई अन्य खेलाडीलाई कुन तास परेको छ थाहा पाउँछन् सोही अनुसार उनीहरूले दाउ...
जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गरिन् । साथै बिभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दवाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था...
पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको जानकारी दिएका हुन् । आयोगले बयानका लागि...
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान...

भर्खरै