नेभिगेशन
समाज

राजावादीको लुटपाटविरुद्ध प्रतिकारमा उत्रिएका ४ सुरक्षा गार्डलाई भाटभटेनीले गर्यो नगदसहित सम्मान

काठमाडौँ । शुक्रबार काठमाडौँको तीनकुने, कोटेश्वर क्षेत्र राजावादीको प्रदर्शनका कारण रणमैदान बन्यो । उनीहरुले तीनकुने मात्रै हैन काठमाडौँका विभिन्न स्थानका संरचनाहरु तोडफोड समेत गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही क्रममा प्रदर्शनकारी कोटेश्वरस्थित भाटभटेनी तोडफोड गर्न पुगे । भाटभटेनी तोडफोड र लुटपाट गर्न थालेपछि त्यहाँका कर्मचारी र ग्राहकहरु भागदौडमा लागे । सोही समयमा त्यहीँ कार्यरत एक सुरक्षा गार्डले भने उनीहरुविरुद्ध शसक्त प्रतिकार गरे । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने उनको सहासको चौतर्फी प्रशंसा भइरहेको छ । 

Ncell
Extreme Energy

प्रदर्शनकारीविरुद्ध प्रतिकार गर्ने ती सुुरक्षा गार्ड थिए, कृष्णप्रसाद पराजुली । उनै पराजुलीको सहासको प्रशंसा गर्दै भाटभटेनी सुपरमार्केटले उनलाई ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ।

बुधबार एक कार्यक्रम आयोजना गरेर भाटभटेनीले उनलाई सम्मान गरेको हो । त्यस्तै त्यहीँ कार्यरत अर्का एक गार्ड पनि सम्मानित भएका छन् । उनलाई भाटभटेनीले ५१ हजार रुपैयाँ सहित सम्मान गरेको छ । त्यस्तै डिउटीमै रहेका अन्य २ जना सुरक्षा गार्डलाई समेत भाटभटेनीले २५ हजारका दरले  सम्मान गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको वैशाली जिल्लाको राघोपुर थाना क्षेत्रअन्तर्गत मंगलबार राति गंगा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ बालबालिकाको ज्यान गएको छ।
यी हुन् आज अवरुद्ध भएका मुख्य सडकहरु

यी हुन् आज अवरुद्ध भएका मुख्य सडकहरु

लगातारको प्रतिकूल मौसम, हिमपहिरो र वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न राजमार्गहरूमा बाढी तथा पहिरो जाँदा सवारी आवागमन प्रभावित बनेको छ।
अडियो काण्डले विवादमा परेका खगेन्द्र सुनारमाथि चन्द्र भण्डारीको तिखो टिप्पणी

अडियो काण्डले विवादमा परेका खगेन्द्र सुनारमाथि चन्द्र भण्डारीको तिखो टिप्पणी

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति चन्द्र भण्डारीले रास्वपा सांसद खगेन्द्र सुनारको आलोचना गरेका छन् ।
साउदीको मुख्य सरकारी तेल कम्पनीमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

साउदीको मुख्य सरकारी तेल कम्पनीमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

यमनका इरान-सम्बद्ध हुथी विद्रोहीहरू र साउदी अरेबियाबीच युद्ध तीव्र बन्दै जाँदा पूर्वी सहर धहरानमा रहेको साउदी अरेबियाको सरकारी तेल कम्पनी 'साउदी अरामको'को प्रशासनिक भवनमा आक्रमण भएको छ।