नेभिगेशन
मुख्य समाचार

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएकोे छ । 

थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा आज ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् । 

नेपालमा तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।  यसैगरी थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोल र पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका छन् । 

त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्याण्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ । महासङ्घ र थाईल्याण्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो । दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा आज बैङ्ककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अङगुबोल्कुलले हस्ताक्षर गरे । 

यस समझदारीले नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने, तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ । साथै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । त्यस्तै नेपाल उद्योग परिसङ्घ र थाइ उद्योग महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्डको पर्यटन परिषद्बीच हस्ताक्षर भएको छ । काठमाडौँ विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच पनि सम्झौता भएको छ । 

थाइल्याण्ड सरकारको औपचारिक भ्रमण तथा छैटौँ ‘बिम्स्टेक’ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते थाइल्याण्ड गएका हुन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी आन्दोलनका माग पुरा नभएसम्म चूनाव हुन नदिने सुधन गुरुङको चेतावनी

जेनजी आन्दोलनका माग पुरा नभएसम्म चूनाव हुन नदिने सुधन गुरुङको चेतावनी

मतदाता नामावली संकलनमा देखिएका समाधानका लागि भएको पहलका बारेमा बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका गुरुङले जेनजी युवाहरु निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीबिरुद्ध लडेको भन्दै आफुहरुको माग पुरा...
गुल्मीमा बिहीबारदेखि  सातामा चार पटक हवाई उडान सुरु

गुल्मीमा बिहीबारदेखि सातामा चार पटक हवाई उडान सुरु

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा...
हिजो सेवानिवृत आइजीपी खापुङलाई विदेश भ्रमण र काठमाडौँ छोड्न रोक

हिजो सेवानिवृत आइजीपी खापुङलाई विदेश भ्रमण र काठमाडौँ छोड्न रोक

जेनजी आन्दोलन जाँचबुझ आयोगले सेवानिवृत्त भएका प्रहरी महानिरिक्षक चन्द्रकुबेर खापुङकालाई स्थानहद तोकेको छ ।  हिजोबाट सेवानिवृत भएका खापुङलाई आयोगले यस्तो आदेश जारी गरेको हो । उनलाई विदेश भ्रमणमान...
कालो चितुवा 'ब्ल्याक प्यान्थर' प्रदर्शनीमा

कालो चितुवा 'ब्ल्याक प्यान्थर' प्रदर्शनीमा

पशु चिकित्सकको निगरानीमा उपचारमा रहेको चितुवा अहिले सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ। कालो चितुवा कुनै छुट्टै प्रजाति होइन, बरु सामान्य चितुवामै हुने मेलानिज्म (melanism) नामक आनुवंशिक परिवर्तनका...