नेभिगेशन
समाज

मेडिकल सहायतासहितको नेपाली सेनाको टोली म्यानमार प्रस्थान

काठमाडौँ । नेपाली सेनाको मेडिकल सहायतासहितको टोली म्यानमार प्रस्थान गरेको छ । चैत १५ गते गएको भूकम्पबाट प्रभावित भएको म्यानमारलाई सघाउन नेपाली सेनाको २२ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । 
सोमबार बसेको मन्त्रीपरिषद बैठकले  म्यानमारलाई सहयोग गर्ने निर्णय गरेको थियो । जसमा घाइतेहरूको उपचारका लागि नेपाली सेनाको चिकित्सक टोली सेनाकै जहाजमार्फत म्यानमार पठाइने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम बुधबार नेपाली सेनाको मेडिकल टिम त्यसतर्फ प्रस्थान गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सेनाले विभिन्न प्रकृतिका आवश्यक औषधि एवं ईक्युप्मेन्टहरु सहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु पठाएको जनाएको छ । 
गत शुक्रबार म्यानमारको राजधानी नापिडो आसपास केन्द्रबिन्दु बनाएर ७.७ म्याग्निच्युडको भुकम्प गएको थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बर्दियामा धमाधम फेला पर्दै अवैध हतियार, चारवटा बरामद

बर्दियामा धमाधम फेला पर्दै अवैध हतियार, चारवटा बरामद

चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा अवैध हतियार फेला पर्ने क्रम बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लाका विभिन्न स्थानबाट चारवटा बेवारिसे हतियार फेला परेको जिल्ला प्रहरी...
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।