नेभिगेशन
समाज

तीनकुने घटनाका विषयमा सरकारको जवाफ माग्ने राज्य व्यवस्था समितिको निर्णय

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले चैत्र १५ गते भएको घटनाका विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरुले राजावादीको प्रदर्शनका भएको घटनाका बिषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि समितिले चैत २२ गते शुक्रबारको बैठकमा गृहमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

Ncell
Extreme Energy

बैठकमा सांसदहरुले चैत्र १५ गते शुक्रबार भएको घटनाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका थिए । साथै उनीहरुले उक्त घटनाको न्यायीक छानविनको समेत माग गरेका छन् ।

कांग्रेस सांसद विश्वप्रकाश शर्माले तीनकुने घटनाको छानबिनका लागि सरकारले न्यायिक छानिबन समिति बनाउनुपर्ने बताए । उनले तीनकुने घटनामा सरकारको बुझाइ समिति समक्ष आउनुपर्ने बताए । 

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनामा सरकारको कमजोरी देखिएको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए । आफ्नै प्रहरीले घेरामा रहेका बेलामा दुर्गा प्रसाईंलाई समात्न नसक्ने र अहिले छिटो पक्राउ गर्छौँ भन्दा कसैले पत्याउन नसक्ने उनले बताए । 

त्यस्तै राप्रपाका सांसद बुद्धिमान तामाङले १५ गतेको घटनामा एकपक्षीय रुपमा राजावादीप्रति खनिएको भन्दै निष्पक्ष न्यायीक छानबिन हुनुपर्नेबताए । राप्रपाका नेताहरु समेत उक्त प्रदर्शनमा जाने तयारी गरेपनि दुर्गा प्रसाईँको फोटो देखेपछि नगएको उनले बताए । उनले कार्यक्रम सुरु नहुँदै मञ्चमा अश्रुग्यास प्रहार गरेको देखिएको बताए । 

सांसद तामाङले आफ्ना नेताहरुलाई समेत भएभरका कानुन लगाएर थुन्ने काम भएको जिकिर गरे । त्यस्तै अन्य सांसदहरुले राज्य व्यवस्था समितिको क्षेत्राधिकारभित्र पर्ने चैत्र १५ गतेको घटनालाई प्राथमिकतामा नराखेको भन्दै सभापतिको चर्को आलोचना गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।