नेभिगेशन
समाज

टोखामा ट्रकमा भेटिएको २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल

काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिकको सिन्धुपाल्चोकका नारायण पौडेल भएको खुलेको छ । राजश्व अनुसन्धान विभागका अनुसार सिन्धुपाल्चोक भोटेकोशी ५ स्थायी ठेगाना भएका उनी काठमाडौको टोखा नगरपालिका १० महादेवटार  बस्दै आएका छन् । विभाग स्रोतका अनुसार अहिलेसम्मको अनुसन्धानबाट उनलेनै कुसान लामा फुच्चेलाई २५ करोड दिएको पाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामाले पौडेलको बारेमा केहि नखुलाएपछि अन्ति पटक उनैसँग कुराकानी भएको देखिएको र बैंकिक कारोबार समेत अस्वभाविक देखिएको छ। पौडेलेको घर, कारोबार स्थल, गोदाममा खानतलासी गरी ती क्षेत्रको सीसीटिभी फुटेज समेत बरामद गरेको विभागले जनाएको छ । 

Ncell
Extreme Energy

गत चैत ४ गते  अपराधन अनुसन्धान महाशाखाले काठमाडौ टोखाबाट ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर चीन तर्फ जान लागेका  सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो ।
उनको साथमा अमेरिकी डलर १ सय दरका नोटहरू ३ हजार १ सय १९, अमेरिकी डलर ५० दरका नोटहरू १७९, युरो ५ सय दरका थान ११, युरो २ सय दरका थान, ४८०, युरो सय दरका थान ४ हजार १४८, युरो ५० दरका थान १७ हजार १७७ र मोबाइल २ थान बरामद गरिएको थियो । मालिक पत्ता लगाएसँगै अदालतबाट पक्राउ पुर्जी लिई उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिसकेको विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बर्दियामा धमाधम फेला पर्दै अवैध हतियार, चारवटा बरामद

बर्दियामा धमाधम फेला पर्दै अवैध हतियार, चारवटा बरामद

चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा अवैध हतियार फेला पर्ने क्रम बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लाका विभिन्न स्थानबाट चारवटा बेवारिसे हतियार फेला परेको जिल्ला प्रहरी...
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।