नेभिगेशन
मुख्य समाचार

टोखामा ट्रकमा भेटिएको २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल

काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिकको सिन्धुपाल्चोकका नारायण पौडेल भएको खुलेको छ । राजश्व अनुसन्धान विभागका अनुसार सिन्धुपाल्चोक भोटेकोशी ५ स्थायी ठेगाना भएका उनी काठमाडौको टोखा नगरपालिका १० महादेवटार  बस्दै आएका छन् । विभाग स्रोतका अनुसार अहिलेसम्मको अनुसन्धानबाट उनलेनै कुसान लामा फुच्चेलाई २५ करोड दिएको पाइएको छ । 

लामाले पौडेलको बारेमा केहि नखुलाएपछि अन्ति पटक उनैसँग कुराकानी भएको देखिएको र बैंकिक कारोबार समेत अस्वभाविक देखिएको छ। पौडेलेको घर, कारोबार स्थल, गोदाममा खानतलासी गरी ती क्षेत्रको सीसीटिभी फुटेज समेत बरामद गरेको विभागले जनाएको छ । 

गत चैत ४ गते  अपराधन अनुसन्धान महाशाखाले काठमाडौ टोखाबाट ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर चीन तर्फ जान लागेका  सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो ।
उनको साथमा अमेरिकी डलर १ सय दरका नोटहरू ३ हजार १ सय १९, अमेरिकी डलर ५० दरका नोटहरू १७९, युरो ५ सय दरका थान ११, युरो २ सय दरका थान, ४८०, युरो सय दरका थान ४ हजार १४८, युरो ५० दरका थान १७ हजार १७७ र मोबाइल २ थान बरामद गरिएको थियो । मालिक पत्ता लगाएसँगै अदालतबाट पक्राउ पुर्जी लिई उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिसकेको विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै