नेभिगेशन
समाज

राजावादीको कार्यक्रमस्थलमा टियर ग्यास हानेको भनिएको भिडियो ‘डिपफेक’ भिडियो होः प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले तीनकुनेमा राजावादीकले आयोजना गरेको प्रदर्शनमा कार्यक्रमस्थलमै अश्रुग्यास प्रहार गरेको भनेर भाइरल भएको भिडियोमा सत्यता नरहेको बताएको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त भिडियो डिपफेक भएको बताएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको छैन । कार्यक्रम सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने होइन । त्यो ‘डिपफेक’ भिडियो हो । कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ?’ प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले भने । 

Ncell
Extreme Energy

उनले सो दिन प्रहरी कम्फर्टेबल स्थितिमा नभएको र एक ठाउँबाट हानेको टियर ग्यास अर्को ठाउँमा पुग्न सक्ने बताए । प्रहरीका अनुसार सो दिन २० जनामाथि गोली चलेको थियो । गोली लाग्नेमा २ महिला छन् भने १८ जना पुरुष छन् । 

उक्त दिन ५८ राउन्ड गोली, ७४६ राउन्ड टियर ग्यास, ब्ल्यांक फायर १९२ पटक फायर भएको स्वीकार गरेको छ । प्रदर्शनको दिन ५५ नेपाल प्रहरी २३ सशस्त्र प्रहरी तथा ५३ जना प्रदर्शकारी घाइते भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।