नेभिगेशन
समाज

तीनकुने घटनालाई लिएर राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीनकुने घटनालाई लिएर गृहमन्त्रीको राजीनामा मागेको छ । बिहिबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन् ।

‘प्रदर्शनिकारीहरूले आपनो सभा सुरु गर्ने क्रममा राष्ट्रियगान गाउन सुरु गरेको बेला प्रशासनले मञ्चलाई लक्षित गरेर सर्वसाधारणको घरको छतवाट अन्धाधुन्द म्याद सकिएका अश्रु ग्यासका सेलहरूको वर्षा गर्नु , सविन महर्जनलाई ताकेर गोलिहानी हत्या गरिनु, आँखै अगाडि घर आगलागी हुँदा र उक्त धरमा मानिस रहेको जानकारी पाउँदा पनि नियन्त्रण र उद्दार गर्न नसकेर पत्रकार सुरेश रजकको ज्यान जानु, कार्यक्रमसँग कुनै सम्बन्ध नरहेका र कार्यक्रमस्थलबाट धेरै टाढा रहेका रेविका खत्री र उनका दाइलाई गोली हान्नु, प्रहरीले अलगअलग ठाउँमा चलाएको गोलीबाट दुई दर्जनभन्दा बेसी मानिसहरू घाइते हुनु, प्रहरीलेनै पत्रकारलाई उपलब्ध गराएको विवरण अनुसार निहत्ता प्रदर्शनकारीहरू माथि चैत्र १५ गते एकै दिन ७४६ राउन्ड अश्रुग्यास , १९२ ब्ल्यांक राउन्ड फायरिङ, ५८ राउन्ड हवाई फायर कार्टिज (छर्रा) २३९ र पेस्तोलबाट २ राउन्ड गोली चलेको थियो । यो नेपाल प्रहरीको मात्र विवरण हो । सशस्न प्रहरीबाट चलेको गोलीको विवरण अझै सार्वजनिक भएको छैन ।’, राप्रपाले बुझाइएको पत्रमा भनिएको छ । 

त्यस्तै लिङ्देनले प्रशासनलाई विभिन्न प्रश्न गर्दै सो प्रश्नको जवाफ नआएसम्म सो दिनको प्रदर्शनलाई हिंसामा परिणत गर्न प्रशासनकै योजनाबद्ध तयारी थियो भन्ने पुष्टि गर्ने बताएका छन् । भविष्यमा यस्ता घटनाहरू नदोहोरिनका लागि उक्त दिनको घटनाको निष्पक्ष र स्वतन्त्र छानविन हुन आवश्यक रहेको पार्टीले जनाएको छ । त्यस्तै सो घटनाका पीडितलाई न्याय दिन स्वतन्त्र निष्पक्ष न्यायिक छानविन आयोगको गठन गर्नुपर्ने राप्रपाको माग छ । 

यस्ता छन् सरकारसामु रास्वपाका मागः
१. सर्वोच्च अदालतको पूर्व न्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग , नागरिक समा सम्मिलित स्वतन्त्र छानविन आयोगको गठन 
२. छानविनका लागि गृहमन्त्रीको राजीनामा, चैत्र १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन 
३. मृतकहरू सविन महर्जन र सुरेश रजकलाई सहिद घोपणा तथा क्षतिपूर्तिको व्यवस्था 
४. राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा धवलसम्शेर राणा लगायत अन्यमाथिको झुठा मुद्दा खारेजी र निर्दोषहरुको रिहाई 
५. घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाको विस्तारित बैठक चितवनमा सुरु

रास्वपाको विस्तारित बैठक चितवनमा सुरु

कात्तिक १४ र १५ गते गरी दुई सम्म चल्ने बैठकमा फागुन २१ को निर्वाचन तथा पार्टीको आगामी रणनीति तय गर्नेछ । बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार...
सम्झौता कार्यन्वयन नभएको भन्दै, स्थानीयद्वारा मेलम्चीको पानीमा रोक

सम्झौता कार्यन्वयन नभएको भन्दै, स्थानीयद्वारा मेलम्चीको पानीमा रोक

मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए ।
टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली स्वदेश फिर्ता(तस्बिरहरु)

टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली स्वदेश फिर्ता(तस्बिरहरु)

खेलकुद मन्त्री बब्लु गुप्ता, क्यानका सचिव पारस खड्काले नेपाली क्रीकेट टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
शुक्रबार पनि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

शुक्रबार पनि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि शुक्रबार पनि खुवाइने छ ।