नेभिगेशन
समाज

तीनकुने घटनालाई लिएर राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीनकुने घटनालाई लिएर गृहमन्त्रीको राजीनामा मागेको छ । बिहिबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘प्रदर्शनिकारीहरूले आपनो सभा सुरु गर्ने क्रममा राष्ट्रियगान गाउन सुरु गरेको बेला प्रशासनले मञ्चलाई लक्षित गरेर सर्वसाधारणको घरको छतवाट अन्धाधुन्द म्याद सकिएका अश्रु ग्यासका सेलहरूको वर्षा गर्नु , सविन महर्जनलाई ताकेर गोलिहानी हत्या गरिनु, आँखै अगाडि घर आगलागी हुँदा र उक्त धरमा मानिस रहेको जानकारी पाउँदा पनि नियन्त्रण र उद्दार गर्न नसकेर पत्रकार सुरेश रजकको ज्यान जानु, कार्यक्रमसँग कुनै सम्बन्ध नरहेका र कार्यक्रमस्थलबाट धेरै टाढा रहेका रेविका खत्री र उनका दाइलाई गोली हान्नु, प्रहरीले अलगअलग ठाउँमा चलाएको गोलीबाट दुई दर्जनभन्दा बेसी मानिसहरू घाइते हुनु, प्रहरीलेनै पत्रकारलाई उपलब्ध गराएको विवरण अनुसार निहत्ता प्रदर्शनकारीहरू माथि चैत्र १५ गते एकै दिन ७४६ राउन्ड अश्रुग्यास , १९२ ब्ल्यांक राउन्ड फायरिङ, ५८ राउन्ड हवाई फायर कार्टिज (छर्रा) २३९ र पेस्तोलबाट २ राउन्ड गोली चलेको थियो । यो नेपाल प्रहरीको मात्र विवरण हो । सशस्न प्रहरीबाट चलेको गोलीको विवरण अझै सार्वजनिक भएको छैन ।’, राप्रपाले बुझाइएको पत्रमा भनिएको छ । 

Ncell
Extreme Energy

त्यस्तै लिङ्देनले प्रशासनलाई विभिन्न प्रश्न गर्दै सो प्रश्नको जवाफ नआएसम्म सो दिनको प्रदर्शनलाई हिंसामा परिणत गर्न प्रशासनकै योजनाबद्ध तयारी थियो भन्ने पुष्टि गर्ने बताएका छन् । भविष्यमा यस्ता घटनाहरू नदोहोरिनका लागि उक्त दिनको घटनाको निष्पक्ष र स्वतन्त्र छानविन हुन आवश्यक रहेको पार्टीले जनाएको छ । त्यस्तै सो घटनाका पीडितलाई न्याय दिन स्वतन्त्र निष्पक्ष न्यायिक छानविन आयोगको गठन गर्नुपर्ने राप्रपाको माग छ । 

यस्ता छन् सरकारसामु रास्वपाका मागः
१. सर्वोच्च अदालतको पूर्व न्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग , नागरिक समा सम्मिलित स्वतन्त्र छानविन आयोगको गठन 
२. छानविनका लागि गृहमन्त्रीको राजीनामा, चैत्र १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन 
३. मृतकहरू सविन महर्जन र सुरेश रजकलाई सहिद घोपणा तथा क्षतिपूर्तिको व्यवस्था 
४. राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा धवलसम्शेर राणा लगायत अन्यमाथिको झुठा मुद्दा खारेजी र निर्दोषहरुको रिहाई 
५. घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई अस्थायी आवास व्यवस्थापनबारे यस्तो छलफल

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई अस्थायी आवास व्यवस्थापनबारे यस्तो छलफल

केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा, नुवाकोट तथा धादिङका जिल्ला कमाण्ड पोष्टबीच बाढी प्रभावित परिवारका लागि अस्थायी आवास व्यवस्थापन तथा प्रारम्भिक पुनर्स्थापनाका विषयमा छलफल भएको छ।
नयाँ दिल्लीमा अर्थमन्त्री वाग्लेको कूटनीतिक संवाद, नेपाल–भारत आर्थिक साझेदारी नयाँ उचाइमा पुर्‍याउन दिए जोड

नयाँ दिल्लीमा अर्थमन्त्री वाग्लेको कूटनीतिक संवाद, नेपाल–भारत आर्थिक साझेदारी नयाँ उचाइमा पुर्‍याउन दिए जोड

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।