नेभिगेशन
समाज

३ महिनापछि महानगरका प्रमुख प्रशासकीय अधिकृतले सम्हाले जिम्मेवारी, भोलिदेखि काममा अवरोध नहुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले ३ महिनापछि जिम्मेवारी सम्हालेका छन् । बिहिबार वडाध्यक्ष र कर्मचारीले मिलेर गुरागाईँलाई कार्यालय प्रवेश गराएका थिए भने उपप्रमुखको नेतृत्वमा बैठक बसेर उनलाई जिम्मेवारीमा फर्काइएको हो । 

नेपाल सरकारका सहसचिव रहेका उनलाई महानगरले काठमाडौँ भ्यू टावरको नक्सा विवादमा जिम्मेवारीबाट हटाएको थियो । यसबिचमा सरकारले महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाउन इन्कार गरेको थियो भने महानगरका मेयर सरकारप्रति रुष्ट थिए । 

सोही कारण महानगरका कर्मचारीको ३ महिनायताको तलब समेत रोकिएको थियो । सोही बिचमा कर्मचारी र वडाध्यक्ष मिलेर उनलाई कार्यालय प्रवेश गराएका हुन् । 
बिहिबारबाट जिम्मेवारी सम्हालेका उनले महानगरका कर्मचारीले तलब पाउनुपर्ने बताए । 

त्यस्तै महानगरका प्रवक्ता नविन मानन्धरले भोलिबाट गुरागाईँ पुरानै जिम्मेवारीमा फर्किने बताए । त्यस्तै उनले कर्मचारीको तलब समेत नपाउने समस्या समाधान हुने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाको विस्तारित बैठक चितवनमा सुरु

रास्वपाको विस्तारित बैठक चितवनमा सुरु

कात्तिक १४ र १५ गते गरी दुई सम्म चल्ने बैठकमा फागुन २१ को निर्वाचन तथा पार्टीको आगामी रणनीति तय गर्नेछ । बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार...
सम्झौता कार्यन्वयन नभएको भन्दै, स्थानीयद्वारा मेलम्चीको पानीमा रोक

सम्झौता कार्यन्वयन नभएको भन्दै, स्थानीयद्वारा मेलम्चीको पानीमा रोक

मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए ।
टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली स्वदेश फिर्ता(तस्बिरहरु)

टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली स्वदेश फिर्ता(तस्बिरहरु)

खेलकुद मन्त्री बब्लु गुप्ता, क्यानका सचिव पारस खड्काले नेपाली क्रीकेट टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
शुक्रबार पनि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

शुक्रबार पनि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि शुक्रबार पनि खुवाइने छ ।