नेभिगेशन
समाज

'सरकारले आफ्नो अक्षमता ढाक्न महानगरमा प्रशासकीय अधिकृत पठाएर नाटक मञ्चन गर्याे'

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले सरकारले आफ्नो अक्षमता ढाक्न प्रमुख प्रशासकीय अधिकृतलाई बलजफ्ती महानगरमा पठाएको बताएको छ । शाहका प्रमुख स्वकिय सचिव भुपदेव शाहले तीनकुने घटनामा भएको सरकारको कमजोरी ढाकछोप गर्न सरकारले महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘चैत १५ गते तीनकुनेमा जुन दमन गरेको छ त्यसमा सरकारको अक्षमतालाई ढाक्नका लागि र विषयान्तर गर्नका लागि आज महानगरमा दमन गरिएको हो ।’, शाहले भने । 

Ncell
Extreme Energy

त्यस्तै बिहिबार महानगरमा भेला भएर प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउनेहरु भोलि उनी दोषी ठहरिए उनीसँगै जेल जान तयार रहनुपर्ने उनको भनाई छ । ‘आज जोजो भेला भएर अनुसन्धानमा रहेको मान्छेलाई हाजिर गराउनुभएको छ, भोलि उहाँलाई अख्तियारले छानबिन गर्दै छ, मन्त्रालयले छानबिन गर्ला । उहाँ दोषी देखिनुभयो भने आज हाजिर गराउने साझेदारहरु पनि जेल जाने हो कि हैन ?’, शाहले प्रश्न गरे । 

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले ३ महिनापछि बिहिबार जिम्मेवारी सम्हालेका छन् । बिहिबार वडाध्यक्ष र कर्मचारीले मिलेर गुरागाईँलाई कार्यालय प्रवेश गराएका थिए भने उपप्रमुखको नेतृत्वमा बैठक बसेर उनलाई जिम्मेवारीमा फर्काइएको हो । 

नेपाल सरकारका सहसचिव रहेका उनलाई महानगरले काठमाडौँ भ्यू टावरको नक्सा विवादमा जिम्मेवारीबाट हटाएको थियो । यसबिचमा सरकारले महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाउन इन्कार गरेको थियो भने महानगरका मेयर सरकारप्रति रुष्ट थिए । 

सोही कारण महानगरका कर्मचारीको ३ महिनायताको तलब समेत रोकिएको थियो । सोही बिचमा कर्मचारी र वडाध्यक्ष मिलेर उनलाई कार्यालय प्रवेश गराएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।