नेभिगेशन
समाज

'सरकारले आफ्नो अक्षमता ढाक्न महानगरमा प्रशासकीय अधिकृत पठाएर नाटक मञ्चन गर्याे'

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले सरकारले आफ्नो अक्षमता ढाक्न प्रमुख प्रशासकीय अधिकृतलाई बलजफ्ती महानगरमा पठाएको बताएको छ । शाहका प्रमुख स्वकिय सचिव भुपदेव शाहले तीनकुने घटनामा भएको सरकारको कमजोरी ढाकछोप गर्न सरकारले महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाएको बताएका हुन् । 

‘चैत १५ गते तीनकुनेमा जुन दमन गरेको छ त्यसमा सरकारको अक्षमतालाई ढाक्नका लागि र विषयान्तर गर्नका लागि आज महानगरमा दमन गरिएको हो ।’, शाहले भने । 

त्यस्तै बिहिबार महानगरमा भेला भएर प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउनेहरु भोलि उनी दोषी ठहरिए उनीसँगै जेल जान तयार रहनुपर्ने उनको भनाई छ । ‘आज जोजो भेला भएर अनुसन्धानमा रहेको मान्छेलाई हाजिर गराउनुभएको छ, भोलि उहाँलाई अख्तियारले छानबिन गर्दै छ, मन्त्रालयले छानबिन गर्ला । उहाँ दोषी देखिनुभयो भने आज हाजिर गराउने साझेदारहरु पनि जेल जाने हो कि हैन ?’, शाहले प्रश्न गरे । 

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले ३ महिनापछि बिहिबार जिम्मेवारी सम्हालेका छन् । बिहिबार वडाध्यक्ष र कर्मचारीले मिलेर गुरागाईँलाई कार्यालय प्रवेश गराएका थिए भने उपप्रमुखको नेतृत्वमा बैठक बसेर उनलाई जिम्मेवारीमा फर्काइएको हो । 

नेपाल सरकारका सहसचिव रहेका उनलाई महानगरले काठमाडौँ भ्यू टावरको नक्सा विवादमा जिम्मेवारीबाट हटाएको थियो । यसबिचमा सरकारले महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाउन इन्कार गरेको थियो भने महानगरका मेयर सरकारप्रति रुष्ट थिए । 

सोही कारण महानगरका कर्मचारीको ३ महिनायताको तलब समेत रोकिएको थियो । सोही बिचमा कर्मचारी र वडाध्यक्ष मिलेर उनलाई कार्यालय प्रवेश गराएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आगामी मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालन हुने

आगामी मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालन हुने

सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरु, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
३४ वर्षपछि नासामा महिला नेतृत्व

३४ वर्षपछि नासामा महिला नेतृत्व

नेपाली साहित्य, संस्कृति र परम्पराको जगेर्नामा सक्रिय भूमिका निर्वाह गरकै कारण अध्यक्षजस्तो गरिमामय पदमा उनी निर्वाचित हुन सफल भएको बताए ।
रास्वपाकाे राजनीतिक प्रतिवेदनमा  वैकल्पिक शक्ति एक हुन यस्तो प्रस्ताव

रास्वपाकाे राजनीतिक प्रतिवेदनमा वैकल्पिक शक्ति एक हुन यस्तो प्रस्ताव

अर्यालले पार्टी कब्जा गर्ने नियतको भने खुला प्रतिवाद गर्ने बताएका छन् । ‘यो पार्टीको इतिहास र पहिचान उहाँहरूले पनि बुझ्नु पर्छ । पार्टी बनाउने चाहानालाई स्वागत छ ।...
जेन–जी आन्दोलनको मुख्य कारक पुराना दल र उनीहरुका हर्कत हुन्ः रास्वपा कार्यबाहक सभापति अर्याल

जेन–जी आन्दोलनको मुख्य कारक पुराना दल र उनीहरुका हर्कत हुन्ः रास्वपा कार्यबाहक सभापति अर्याल

सो क्रममा उनले आफ्नो पार्टी र पार्टी सभापतिले समेत यसबारे सचेत गराउँदै आएको बताए । ‘जेन–जी आन्दोलनको मुख्य कारक पुराना दलका हर्कत र जनविरोधी गतिविधि हुन् । आधार...