नेभिगेशन
समाज

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएको समयमा नै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीको सुर्खेतमा हुने राष्ट्रिय खेलकुद राष्ट्रिय गौरवको बिषय भएकाले तोकिएको समयमा नै सम्पन्न गर्न भौतिक पूर्वाधारका साथै अन्य व्यवस्थापनको कार्यलाई तीव्रताका साथ अघि बढाउन खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो ।

Ncell
Extreme Energy

बैठकले राष्ट्रिय खेलकुद आयोजनाको तयारी तथा व्यवस्थापनको कार्यलाई आवद्ध सम्पूर्ण तह, निकाय र पदाधिकारीबीच प्रभावकारी समन्वय र सहकार्य गरि अघि बढाउन समेत निर्देशन दिएको छ भने चैत्र २२ देखि २४ गतेसम्म राष्ट्रिय खेलकुदको तयारीसम्बन्धमा आयोजनास्थलको स्थलगत अवलोकन गर्ने निर्णय गरिएको समिति सभापति अम्वर बहादुर थापाले जानकारी दिए । 

बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता गराउन सबै तयारी अवस्थामा रहेको र पूर्वाधार निर्माणको कार्य तीव्र रुपमा अघि बढिरहेको जानकारी गराए । चैत्र १७ गतेमात्रै बजेटको सुनिश्चितता भएकाले समयमा नै प्रतियोगीता हुने उनले बताए । 

समिति सदस्यहरुले सरकारले तयारी नगरेका कारण यसअघि पटक पटक राष्ट्रिय खेलकुद स्थगित गरिएको भन्दै अब भने तोकिएको समयमा नै प्रतियोगीता सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।