नेभिगेशन
मुख्य समाचार

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएको समयमा नै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीको सुर्खेतमा हुने राष्ट्रिय खेलकुद राष्ट्रिय गौरवको बिषय भएकाले तोकिएको समयमा नै सम्पन्न गर्न भौतिक पूर्वाधारका साथै अन्य व्यवस्थापनको कार्यलाई तीव्रताका साथ अघि बढाउन खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो ।

CG

बैठकले राष्ट्रिय खेलकुद आयोजनाको तयारी तथा व्यवस्थापनको कार्यलाई आवद्ध सम्पूर्ण तह, निकाय र पदाधिकारीबीच प्रभावकारी समन्वय र सहकार्य गरि अघि बढाउन समेत निर्देशन दिएको छ भने चैत्र २२ देखि २४ गतेसम्म राष्ट्रिय खेलकुदको तयारीसम्बन्धमा आयोजनास्थलको स्थलगत अवलोकन गर्ने निर्णय गरिएको समिति सभापति अम्वर बहादुर थापाले जानकारी दिए । 

बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता गराउन सबै तयारी अवस्थामा रहेको र पूर्वाधार निर्माणको कार्य तीव्र रुपमा अघि बढिरहेको जानकारी गराए । चैत्र १७ गतेमात्रै बजेटको सुनिश्चितता भएकाले समयमा नै प्रतियोगीता हुने उनले बताए । 

समिति सदस्यहरुले सरकारले तयारी नगरेका कारण यसअघि पटक पटक राष्ट्रिय खेलकुद स्थगित गरिएको भन्दै अब भने तोकिएको समयमा नै प्रतियोगीता सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८...
निर्वाचन ६८ दिन बाँकीः निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताको सूची तयार

निर्वाचन ६८ दिन बाँकीः निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताको सूची तयार

आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा...
आजको मौसम पूर्वानुमानः दिनभर तराईमा हुस्सु

आजको मौसम पूर्वानुमानः दिनभर तराईमा हुस्सु

सनिबार दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली...
रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व र संगठनमा एकीकृत भएका छन् । जसअनुसार रास्वापको नाम, झण्डा र निर्वाचन चिन्ह घण्टी बालेनले स्वीकार गरेका छन् । अब बालेन आगामी फागुन...