नेभिगेशन
मुख्य समाचार

तीनकुने घटनाबारे कानुन, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्रीसँग जानकारी लिने

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले चैत १५ गते काठमाडौँको तीनकुने लगाएतका क्षेत्रमा भएको घटनाका बिषयमा गृहमन्त्रीसंग जानकारी लिने भएको छ । 

सिंहदरबारमा बिहीबार बसेको बैठकमा सांसदहरुले उक्त घटनामा गम्भीर मानवअधिकार उलंघन भएको भन्दै गृहमन्त्रीको जवाफ माग गरेपनि समितिले गृहमन्त्रीसंग जानकारी लिने निर्णय गरेको हो । 

CG

समिति सभापति बिमला सुवेदीले चैत १५ गते राजावादीले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु, धेरै घाइतेका साथै ठूलोजनधनको क्षति भएकाले यस बिषयमा गृहमन्त्रीसंग जानकारी लिने निर्णय भएको बताए ।

उनले उक्त घटनामा नेपालको संविधानको प्रस्तावनामा रहेको सम्पतीको हक एवं मानवअधिकारको विश्वव्यापी घोषणापत्र लगाएत अन्तराष्ट्रिय कानूनहरुले प्रदान गरेको नागरिकको अधिकारमा समेत गम्भीर आघात पुग्न गएको देखिएको उल्लेख गरे । 

बैठकमा समिति सदस्यहरुले तीनकुने घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग गरेका थिए । त्यस्तै बैठकले केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनलाई संशोधन सहित पारित गरिएको समिति सभापति सुवेदीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८...
निर्वाचन ६८ दिन बाँकीः निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताको सूची तयार

निर्वाचन ६८ दिन बाँकीः निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताको सूची तयार

आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा...
आजको मौसम पूर्वानुमानः दिनभर तराईमा हुस्सु

आजको मौसम पूर्वानुमानः दिनभर तराईमा हुस्सु

सनिबार दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली...
रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व र संगठनमा एकीकृत भएका छन् । जसअनुसार रास्वापको नाम, झण्डा र निर्वाचन चिन्ह घण्टी बालेनले स्वीकार गरेका छन् । अब बालेन आगामी फागुन...