नेभिगेशन
समाज

तीनकुने घटनाबारे कानुन, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्रीसँग जानकारी लिने

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले चैत १५ गते काठमाडौँको तीनकुने लगाएतका क्षेत्रमा भएको घटनाका बिषयमा गृहमन्त्रीसंग जानकारी लिने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहीबार बसेको बैठकमा सांसदहरुले उक्त घटनामा गम्भीर मानवअधिकार उलंघन भएको भन्दै गृहमन्त्रीको जवाफ माग गरेपनि समितिले गृहमन्त्रीसंग जानकारी लिने निर्णय गरेको हो । 

Ncell
Extreme Energy

समिति सभापति बिमला सुवेदीले चैत १५ गते राजावादीले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु, धेरै घाइतेका साथै ठूलोजनधनको क्षति भएकाले यस बिषयमा गृहमन्त्रीसंग जानकारी लिने निर्णय भएको बताए ।

उनले उक्त घटनामा नेपालको संविधानको प्रस्तावनामा रहेको सम्पतीको हक एवं मानवअधिकारको विश्वव्यापी घोषणापत्र लगाएत अन्तराष्ट्रिय कानूनहरुले प्रदान गरेको नागरिकको अधिकारमा समेत गम्भीर आघात पुग्न गएको देखिएको उल्लेख गरे । 

बैठकमा समिति सदस्यहरुले तीनकुने घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग गरेका थिए । त्यस्तै बैठकले केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनलाई संशोधन सहित पारित गरिएको समिति सभापति सुवेदीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।