नेभिगेशन
समाज

आफनो कार्यकालमा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन, एक क्षण पनि खेर फालेको छैन: कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणबाट हटाइएका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल गौरवपूर्ण रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङ्ले एक कर्मचारीमाथि राज्यसंयन्त्र कुन हदसम्म लागेको थियो भन्ने विषय प्रष्ट रहेको बताउँदै उनले आफ्नो कार्यकाल स्वर्णीम रहेको बताएका छन् । 

‘नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खनिएको थियो ? कस्को स्वार्थ र सेवामा ममाथि जाइलागेको थियो भन्ने विषयमा नेपाली जनता आफैँ प्रष्ट हुनुहुन्छ । प्राधिकरणको कार्यकारी निर्देशकलाई गाली गर्न राज्यका जिम्मेवार व्यक्तिहरुले नै सार्वभौम संसदको रोष्ट्रम कसरी सदुपयोग वा दुरुपयोग गरे ? नेपाली जनता आफै प्रत्यक्षदर्शी हुनुहुन्छ ।’, घिसिङले भने, ‘तर त्यसवाट म उत्तेजित वा हतोत्साहित भएको छैन । किनकि एक इमानदार राष्टसेवकका रुपमा मैले आफनो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन, अवसर र अधिकारलाई सदुपयोग गर्ने एक क्षण पनि खेर फालेको छैन ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे । सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर...
भिरालो पाखो सम्याएर म्याग्दीमा खेलमैदान निर्माण

भिरालो पाखो सम्याएर म्याग्दीमा खेलमैदान निर्माण

क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको जानकारी दिए ।
छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण

छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण

पुनःनिर्माण सम्पन्न भएको शुक्रबार ब्रह्मा मन्दिरको काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेका हुन ।मन्दिरको उद्घाटन पछि महानगर प्रमुख बालेन्द्र शाह कार्यक्रमबाट बाहिरिएका थिए...
रास्वपा कार्यबाहक सभापति डिपी अर्यालको राजनीतिक प्रतिवेदन (पूर्ण पाठ)

रास्वपा कार्यबाहक सभापति डिपी अर्यालको राजनीतिक प्रतिवेदन (पूर्ण पाठ)

पार्टीले चुनावी नारा ‘सोचदेखि शासनसम्म’ राख्ने बताएको छ । जनताको मानसिकता, कर्मचारीतन्त्रको कार्यशैली, राजनीतिक नेतृत्वको दृष्टिकोण र समग्र शासन प्रणालीमै व्यापक सुधार चाहेको बताइएको छ । पार्टी रिफर्मको...